close

चीन विरोधी भावनाको फाइदा उठाउने दाउमा माइक्रोम्याक्स, लाभा र कार्बन

टेकपाना टेकपाना

असार ७, २०७७ १३:२७

चीन विरोधी भावनाको फाइदा उठाउने दाउमा माइक्रोम्याक्स, लाभा र कार्बन

काठमाडौं । सीमा विवादका कारण पछिल्लो समय भारत र चीनबीच संघर्ष जारी छ । भारत र चिनियाँ सैनिकहरूबीच केही दिन अघि लद्दाखको गाल्भान उपत्यकामा भएको रक्तपातपूर्ण झडपमा २० भारतीय सैनिकको मृत्यु समेत भयो ।

उक्त घटनापछि भारतमा चीन विरोधको भावना व्याप्त छ । जसका कारण चिनियाँ कम्पनीहरुलाई भारतमा रोक लगाउनेसम्मका प्रयासहरु भइरहेका छन् ।

यसको फाइदा भने अब भारतीय मोबाइल उत्पादक कम्पनीहरुले लिने तयारी गरिरहेका छन् । भारतमा मोबाइल उत्पादन गर्दै आइरहेका कम्पनी माइक्रोम्याक्स, लाभा र कार्बन कम्पनीले बजारमा पुनः फर्किने तयारी थालेका छन् ।

तीनै कम्पनीले भारतीय बजारमा छिट्टै मिड रेञ्ज र इन्ट्री लेवलका स्मार्टफोन सार्वजनिक गर्ने भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१