close

नोकियाले फर्काउँदैछ तपाईंको पुरानो मोबाइल अनुभव, १२ बर्षपछि नेपाल भित्रियो नोकिया एक्सप्रेस

टेकपाना टेकपाना

असार ९, २०७७ ११:३१

नोकियाले फर्काउँदैछ तपाईंको पुरानो मोबाइल अनुभव, १२ बर्षपछि नेपाल भित्रियो नोकिया एक्सप्रेस

काठमाडौं । कुनै समय नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजीक मोबाइल फोन पुनः नेपाली बजारमा उपलब्ध भएको छ । पहिलो पटक नेपाली बजारमा भित्रिएको १२ बर्ष पछि नोकिया ५३१० को रुपमा नयाँ डिजाइनका साथ आएको छ ।

नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले यो फोन नेपाली बजारमा ल्याएको हो । गित संगितको लागि अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइललाई परिमार्जन गर्दै बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नोकिया ५३१० फिचर फोनमा अहिले पनि उच्चस्तरीय गित संगितको गुणस्तरलाई ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको छ । फोनमा वायरलेस एफएम रेडियो पनि उपलब्ध छ । २.४ इन्चको क्युभीजीए डिस्प्ले र पछाडि भीजीए क्यामेरा रहेको यो मोडलमा नोकिया सिरिज थर्टी प्लस अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

डुअल मिनी सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एमएम अडियो ज्याक, ३.० ब्लूटूथ र १२०० एमएएच क्षमताको ब्याट्री रहेको फोन खरिद गर्दा बक्समा एयरफोन पनि उपलब्ध हुने जनाइएको छ । कम्पनीका अनुसार नोकिया ५३१० को बजार मूल्य ५ हजार चार सय ४९ रुपैयाँ तोकिएको छ ।

यो फोनको खरिदमा कम्पनीले ग्राहकलाई ३६५ दिन अर्थात एक बर्षको रिप्लेस्मेन्ट ग्यारेन्टि प्रदान गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१