एजेन्सी । एप्पलले दुई दिनअघि मात्र पहिलोपटक भर्चुअल रुपमा आफ्नो वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स आयोजना गरेको थियो । कन्फ्रेन्समार्फत एप्पलले म्याक, आईफोन, आईप्याड तथा विभिन्न एप्पल डिभाइसहरुका लागि नयाँ अपडेट तथा फिचहरु सार्वजनिक गरेको छ ।
त्यसमा आईओएस फोर्टिन, आईप्याड ओएस फोर्टिन, वाचओएस सेभने र म्याकओएस बिग सर सबैभन्दा चर्चामा रहे । कम्पनीले आफ्ना सबै खालका डिभाइसलाई आवश्यक सफ्टवेयरमा ठूलो मात्रामा परिवर्तन गर्दै नयाँ अपडेट सार्वजनिक गरेको हो ।
यी अपडेट अबको केही समयपछि प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ । तर, यसको अर्थ यो होइन कि यी अपडेट एप्पलका सम्पूर्ण प्रयोगकर्ताले प्राप्त गर्नेछन् ।
त्यसैले यहाँ आईओएस फोर्टिन, आईप्याड ओएस फोर्टिन, वाच ओएस सेभेन र म्याकओएस बिग सर सफ्टवेयर उपलब्ध हुने डिभाइसहरुको जानकारी उपलब्ध छ ।
आईओएस एण्ड आईप्याडको हकमा भने यो सहज छ । आईओएस तथा आईप्याड थर्टिन प्रयोग गरिरहेका प्रयोगकर्ताले आईओएस फोर्टिनको अपडेट स्वतः रुपमा प्राप्त गर्नेछन् ।
आईओएस फोर्टिन सपोर्ट गर्ने डिभाइसहरु
- आईफोन ११
- आईफोन ११ प्रो
- आईफोन ११ प्रो म्याक्स
- आईफोन एक्स एस
- आईफोन एक्स एस म्याक्स
- आईफोन एक्स आर
- आईफोन एक्स
- आईफोन एट
- आईफोन एट एक्स
- आईफोन सेभेन
- आईफोन सेभेन प्लस
- आईफोन सिक्स एस
- आईफोन सिक्स एस प्लस
- आईफोन एसई (फस्ट जेनेरेशन)
- आईफोन एसई (सेकेण्ड जेनेरेशन)
- आईपड टच (सेभेन्थ फस्ट जेनेरेशन)
आईप्याड ओएस फोर्टिन उपलब्ध हुने ट्यावबलेटहरु
- आईप्याड प्रो १२–९ इञ्च (फोर्थ जेनेरेशन)
- आईप्याड प्रो ११ इञ्च (सेकण्ड जेनेरेशन)
- आईप्याड प्रो १२–९ इञ्च (थर्ड जेनेरेशन)
- आईप्याड प्रो ११ इञ्च (फस्ट जेनेरेशन)
- आईप्याड प्रो १२–९ इञ्च (सेकण्ड जेनेरेशन)
- आईप्याड प्रो १२–९ इञ्च (फस्ट जेनेरेशन)
- आईप्याड प्रो १०.५ इञ्च
- आईप्याड प्रो ९.७ इञ्च
- आईप्याड (सेभेन्थ जेनरेशन)
- आईप्याड (सिक्थ जेनेरेशन)
- आईप्याड (फिप्थ जेनेरेशन)
- आईप्याड मिनी फोर
- आईप्याड एयर (थर्ड जेनेरेशन)
- आईप्याड एयर टू
वाचओएस सेभने सर्पोट गर्ने वाचहरु
- एप्पल वाच सिरिज थ्री
- सिरिज फोर
- सिरिज फाइभ
एप्पल वाचको विषयमा एप्पलले नयाँ अपडेट प्राप्त गरको खण्डमा पनि घडी कति पुरानो हो भन्ने कुराले असर गर्ने छ । यदी घडी पुरानो भएको खण्डमा केही फिचर उपलब्ध नहुनसक्ने जनाइएको छ ।
म्याकओस बिग सर उपलब्ध हुने डिभाइसहरु
- म्याकबुक (२०१५ र त्यसपछिका डिभाइस)
- म्याकबुक एयर (२०१३ र त्यसपछिका डिभाइस)
- म्याकबुक प्रो (२०१३ र त्यसपछिका डिभाइस)
- म्याक मिनी (२०१४ र त्यसपछिका डिभाइस)
- आईम्याक (२०१४ र त्यसपछिका डिभाइस)
- आईम्याक प्रो (२०१७ र त्यसपछिका सबै मोडल)
- म्याक प्रो (२०१३ र त्यसपछिका डिभाइस)
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
