काठमाडौं । वास्तविक जीवनमा जस्तै अन्वेषणमा पनि सञ्चालन, आकार र सीपको शक्तिशाली संयोजन हुन्छ । सञ्चालनले महत्वकांक्षी एजेण्डा सेट गराउँछ र सम्भावनामुखी अवसरलाई लगानी जुटाउँछ ।
आकारले ती अवसरलाई आम्दानीको नयाँ स्रोतको रुपमा परिवर्तन गर्नसक्छ । सीप सिंगो अन्वेषणको अभिन्न अंग बन्न पुग्छ, जुन सधैंका लागि आवश्यक हुन्छ ।
विश्वमा अन्वेषणमा आधारित कम्पनीहरुको आकार र शक्ति बढ्दै गइरहेको छ । बोस्टन कन्सल्टिङ ग्रुप-बीसीजीको २०२० को सूचीमा रहेका ५० अन्वेषणमा आधारित कम्पनीहरुमध्ये साना कम्पनीहरुको आय ३० अर्ब डलर छ ।
२००५ मा भएको पहिलो सर्वेक्षणपछि १७० प्रतिशत अर्थात् ११ अर्ब डलरले उनीहरुको आय बढेको छ । तर सञ्चालन र आकार त्यो बेला अर्थहीन हुन्छ, जब त्यसमाथि तपाईंको अन्वेषण प्रणालीले काम गर्न सक्दैन ।
यसलाई लिएर बीसीजीको अनुसन्धानले थप गम्भीर निश्कर्ष निकालेको छ । श्रृंखलावद्ध अन्वेषण अप्ठ्यारो कुरा हो । १६२ कम्पनीमध्ये ५० कम्पनी विगत १४ वर्षदेखि बीसीजीको शीर्ष स्थानमा छन् । ३० कम्पनीहरु एकपटक यो सूचीमा परे ।
५७ प्रतिशत कम्पनीहरु तीनपटक वा त्यो भन्दा कम पटक यो सूचीमा पर्न सफल भए । अल्फाबेट, अमेजन, एप्पल, एचपी, आईबीएम, माइक्रोसफ्ट, सामसङ र टोयटा गरी केवल आठ कम्पनी मात्र यो लिस्टमा हरेक वर्ष समावेश हुन सकेका छन् ।
जब बीसीजीले ‘मोस्ट इनोभेटिभ कम्पनी’ रिपोर्टको १४ औं संस्करणका लागि अनुसन्धान सुरु गर्यो, कोभिड १९ आइलाग्यो । यो वर्षको प्रमुख विषय श्रृंखलावद्ध अन्वेषणको महत्व र मात्राको फाइदाबारे थियो ।
आज अन्वेषणको नेतृत्व वर्गले आपूर्ति, माग, उपभोक्ताको स्वभाव र व्यवसाय गर्ने तरिकामा व्यापक परिवर्तन ल्याइरहँदा यो खोज अझ धेरै सान्दर्भिक बनेको छ । यसबाहेक अहिलेको मन्दीको समयमा कम्पनीहरुले आफ्नो अन्वषणलाई दुई गुणाले बढाएको देखिएको छ ।
कम्पनीहरु लगानीको अवसरलाई सदुपयोग गरिरहेका छन् र यो अवस्थाबाट पार पाउनका लागि काम गरिरहेका छन् । तर यसलाई सफलतापूर्वक सम्पन्न गर्न स्पष्ट अन्वेषण रणनीति विकास अत्यावश्यक शर्त हो, जसलाई उचित लगानीको सहायता चाहिन्छ ।
यो अवसरलाई तपाईंको अन्वेषण प्रणालीले चाँडो पहिचान र प्रयोग गर्नसक्नुपर्छ । यी विषयवस्तुमाथि खोजी गरिरहँदा हजारवटा कम्पनीहरुको ग्लोबल इनोभेसन पर्फमेन्स डाटाबेस तयार गरिएको थियो ।
ती कम्पनीहरुको कुन अभ्यासले तिनलाई विश्वका बाँकी कम्पनीहरु भन्दा माथि उठ्न सक्षम बनायो भनेर थाहा पाउन सो अध्ययन सुरु गरिएको थियो ।
अन्वेषणमा प्रतिबद्ध
अध्ययनमा समावेश दुई तिहाई कम्पनीहरुका लागि अन्वेषण सधैं शीर्ष तीन व्यवस्थापन प्राथमिकतामा परेको पाइएको छ । २००९ र २०१० को वित्तीय संकटयताको यो सबैभन्दा न्यून स्तर हो ।
कोभिड १९ फैलिनु अघि भूराजनीतिक तनावका कारण देखा परेको अनिश्चित अर्थतन्त्र पनि यसको एउटा कारण हुनसक्ने अनुमान गरिएको छ । यो खोजलाई अझ सूक्ष्म रुपमा विश्लेषण गर्न सकिन्छ । प्रतिबद्ध अन्वेषक, जो ४५ प्रतिशत थिए, उनीहरुले अन्वेषण आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छन् ।
साथै आफूले उल्लेखनीय लगानीको प्रतिबद्धता समेत गरेको उल्लेख गरेका छन् । अर्को आशंका व्याप्त अन्वेषण, जसको संख्या ३० प्रतिशत थियो, उनीहरुले अन्वेषण रणनीतिक प्राथमिकता पनि नभएको र लगानीको विशेष क्षेत्र पनि नभएको बताएका छन् ।
यस्तै २५ प्रतिशत रहेका दुविधायुक्त अन्वेषकहरुले अन्वेषणलाई जति रणनीतिक महत्वमा राखेका थिए, त्यति लगानी गरेका छैनन् ।
यसरी यो अनुसन्धानबाट सबैभन्दा धेरै ५६ प्रतिशत अन्वेषक वित्तीय र फर्मास्युटिकल क्षेत्रमा, सबैभन्दा कम होलसेल तथा खुद्रा व्यवसायमा ३२ प्रतिशत र औद्योगिक वस्तुको व्यवसायमा ३७ प्रतिशत अन्वेषक पाइएको छ ।
प्रतिबद्ध अन्वेषकहरुले जीत हासिल गरेका छन् । तीन वर्ष अघि सुरु गरेको व्यवसायमा यस्ता अन्वेषकमा वस्तु तथा सेवाको बिक्री अनुपात ६० प्रतिशतले बढेको पाइएको छ । आशंका व्याप्त रहेका अन्वेषकको व्यवसाय ३० प्रतिशत र दुविधामा रहेका अन्वेषकहरुको व्यापार ४७ प्रतिशतले बढेको छ ।
यसअघिका अन्वेषणका प्रतिवेदनहरुमा समेत प्रतिबद्ध अन्वेषक र अन्यहरुबीच ठूलो भिन्नता देखिएको थियो । २०१९ को उदाहरण हेर्ने हो भने आर्टिफिशियल इन्टेलिजेन्स प्रयोग गर्ने मामिलामा बलिया र कमजोर अन्वेषकहरुको व्यवसायबीच ठूलो खाडल देखिएको थियो ।
यो अध्ययनमा समावेश बलिया अन्वेषकहरुले इन्क्युबेटर तथा शैक्षिक संस्थाहरुसँगको साझेदारी जस्ता बाह्य अन्वेषणलाई धमाधम अगाडि बढाएको पाइएको छ ।
२०१८ को अनुसन्धान रिपोर्टअनुसार ८० प्रतिशत बलिया अन्वेषकहरुले आफ्नो अन्वेषण प्रक्रियालाई राम्ररी डिजिटलाइज गरेका थिए भने ३० प्रतिशतको कमजोर थियो ।
अन्वेषणमा प्रतिबद्धता र त्यसको उपमाबीच कत्तिको बलियो सम्बन्ध रहन्छ भन्ने कुरा बलिया अन्वेषकहरुको फैलिरहेको व्यवसाय सबैभन्दा पछिल्लो प्रमाण हो । अन्वेषणसँग सम्बन्धित सबै क्षेत्रमा यो अवस्था देखिएको छ ।
प्रतिबद्ध अन्वेषकहरुले कसरी काम गर्छन् ?
अधिकांश कम्पनीहरु एकैपटक धेरै वटा अन्वेषण चुनौतीहरुलाई सम्बोधन गर्न खोज्छन् । तर प्रतिबद्ध अन्वेषणकहरु भने एकपटकमा सक्ने केही अन्वेषणका कामहरु मात्र सम्हाल्छन् र त्यसलाई सम्बोधन गरी त्यसको उचित फल प्राप्त गर्छन् ।
उनीहरु एड्भान्स एनालिटिक्स, डिजिटल डिजाइन र प्राविधिक प्लेटफर्ममा केन्द्रीत रहन्छन् । प्रविधिका यी विशेष तीन चिजलाई अंगाल्नुको पछाडि विभिन्न कारणहरु छन् ।
उदाहरणका लागि नयाँ एनालिटिक्स ड्रिभन भ्यालु प्रपोजिसन खोज्ने औद्योगिक वस्तुका कम्पनीहरुका लागि एड्भान्स एनालिटिक्स सधैं मूख्य प्राथमिकतामा पर्छ ।
जस्तै कृषि उपकरण निर्माणकर्ता कम्पनीहरुले अहिले आईओटी (इन्टरनेट अफ थिङ्स) बाट सम्भव हुने सजिलो कृषि प्रविधि निर्माणमा अघि बढ्दैछन् ।
अझ प्रतिबद्ध अन्वेषकमध्ये पनि ६० प्रतिशतले मात्र आफूले प्राथमिकता दिएको चुनौतीलाई समाधान गरेका छन् । अन्य कम्पनीहरुका लागि सुधार गर्नुपर्ने ठाउँ प्रशस्तै छन् । अर्को चुनौती भनेको सफलता दोहोर्याइ रहन सकिन्न ।
इनोभेसन र डिर्सप्सन
अनुसन्धानकर्ताहरुले २०१५ पछि विभिन्न शीर्ष अन्वेषक कम्पनीका कार्यकारीहरुसँग सोधेका थिए । जसमा यस वर्ष नयाँ आश्चर्यजनक ढाँचा देखिएको छ ।
जब यस विषयमा शोध गरियो, त्यसबाट फरक क्षेत्रबाट उदाएका कम्पनीहरुले भिन्न क्षेत्रमा आएर अन्वेषणको नेतृत्व गरिरहेको पाइयो । जस्तै अमेजनले स्वास्थ्य क्षेत्रमा अन्वेषण गरिरहेको छ भने अलिबाबाले वित्तीय सेवामा ।
अहिलेको विश्वमा सबै क्षेत्रहरु प्राविधिक उद्योग बन्दै गइरहेको अवस्थामा यसरी आफ्नो क्षेत्रहुँदै अन्य क्षेत्र मिचेर अन्वेषण क्षमता विकास गर्नसक्नु एकदमै महत्वपूर्ण कुरा हो ।
धेरै कम्पनीहरुले यसरी पर्खाल भत्काएर अर्को क्षेत्रमा प्रवेश गरेका छन् । थ्री एम कम्पनीले केही वर्षमा धेरै उद्योग क्षेत्रमा अन्वेषण गरेको छ ।
जसमा उपभोग्य वस्तु, रसायन, निर्माण र मेडटेक रहेका छन् । २०१६ को तुलनामा यो ट्रेण्ड अझ धेरै (करिब २० प्रतिशत) बढेको छ । यो ट्रेण्डलाई पछ्याउने नयाँ खेलाडीहरुमा सोनी, नाइक, साओमी र जेडी डट कम रहेका छन् ।
उद्योग स्तरमा डेटा हेर्ने हो भने सफ्टवेयर र सर्भिस कम्पनीहरु यस्तो क्षेत्रमा प्रवेश गरिरहेका छन् । अटोमेकर, रसायन कम्पनी, खुद्रा र औद्योगिक निर्माणकर्ताहरु अन्य कम्पनीहरुको क्षेत्रमा प्रवेश गरिरहेका छन् ।
किनभने नयाँ प्रविधिबाट चलेका विजनेस मोडलमा उनीहरुले अवसर देखेका छन् । आफ्नो मूल व्यवसाय बाहिर पनि आयको स्रोत पहिल्याएका छन् ।
उत्कृष्ट ५० इन्नोभेटिभ (आविष्कारक) कम्पनी
बीसीजीका उत्कृष्ट आविष्कारक कम्पनी २०१९ को अगस्टदेखि २०१९ को अक्टुबरसम्म भएको मतदानबाट छानिएका विश्वका २५ सय इन्नोभेसन एक्जुकेटिभहरु सम्मिलित बृहत सर्भेक्षणमा आधारित छन् ।
कम्पनीको प्रदर्शनलाई चार क्षेत्रमा विभाजन गरी भएको सर्भेमा प्राप्त अंक गणना गरी औषतमा सामान्यीकृत गरिएको थियो ।
१. एप्पल (दुई स्थान सुधार)
२. अल्फाबेट (एक स्थान तल)
३. अमेजन (एक स्थान तल)
४. माइक्रोसफ्ट (यथास्थानमा)
५. सामसङ (यथास्थानमा)
६.ह्वावे (४२ स्थान सुधार)
७.अलिबाबा (१६ स्थान सुधार)
८.आईबीएम (एक स्थान तल)
९. सोनी (सूचीमा पुनः फर्केको)
१०. फेसबुक (दुई स्थान तल)
११.टेस्ला (दुई स्थान तल)
१२. सिस्को (पाँच स्थान माथि)
१३. वालमार्ट (२९ स्थान माथि)
१४. टेन्सेन्ट (सूचीमा पुनः प्रवेशी)
१५. एचपी (२९ स्थान माथि)
१६. नाइक (सूचीमा पुनः प्रवेशी)
१७. नेटफ्लिक्स (११ स्थान तल)
१८. एलजी इलेक्ट्रोनिक्स (यथास्थानमा)
१९. इन्टेल (सूचीमा पुनः प्रवेशी)
२०. डेल (२१ स्थान माथि)
२१. सिमेन्स (पाँच स्थान तल)
२२. टार्गेट (सूचीमा पुनः प्रवेशी)
२३. फिलिप्स (छ स्थान माथि)
२४. साओमी (सूचीमा पुनः प्रवेशी)
२५. ओराकल (सूचीमा पुनः प्रवेशी)
२६. जोन्सन एण्ड जोन्सन (१२ स्थान तल)
२७. साप (एक स्थान माथि)
२८. एडिडास (१८ स्थान तल)
२९. हिटाची (सूचीमा पुनः प्रवेशी)
३०. कस्टको (सूचीमा पुनः प्रवेशी)
३१. जेडी डटकम (नवप्रवेशी)
३२. फक्सवागन (छ स्थान माथि)
३३. बस (नवप्रवेशी)
३४. एयरबस (पुनः प्रवेशी)
३५. सेल्स फोर्स (दुई स्थान तल)
३६. जेपी मोर्गन चेस (१६ स्थान तल)
३७. उबर (पुनः प्रवेशी)
३८. बयर (१४ स्थान तल)
३९. प्रोस्टर एण्ड गेम्बल (पुनः प्रवेशी)
४०. रोयल डच शेल (दश स्थान तल)
४१. टोयटा (चार स्थान तल)
४२. नेस्टले (पुनः प्रवेशी)
४३. एबीबी (नवप्रवेशी)
४४. थ्रीएम (पाँच स्थान तल)
४५. यूनिलिभर (१३ स्थान तल)
४६. एफसीए (नवप्रवेशी)
४७. नोभर्टाइज (नवप्रवेशी)
४८. कोकाकोला (पुनः प्रवेशी)
४९. भोल्भो (नवप्रवेशी)
५०. म्याकडोनाल्ड्स (२९ स्थान तल)
स्रोतः बीसीजी ग्लोबल इनोभेसन सर्भे
सन् २०१९ को तुलनामा सन् २०२० को क्रम संख्या । पुनः प्रवेशीमा गत वर्षको सूचीमा नभएका तर अघिल्ला वर्षको सूचीमा रहेका कम्पनीहरु हुन् ।