close

डिशहोमको रिचार्ज गर्ने थप २ जनालाई १/१ लाख नगद

टेकपाना टेकपाना

असार १३, २०७७ १०:२०

डिशहोमको रिचार्ज गर्ने थप २ जनालाई १/१ लाख नगद

काठमाडौं । डिशहोमको डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गत थप दुई जना भाग्यशाली ग्राहकले एक/एक लाख रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । गत असार ५ गतेदेखि ११ गतेसम्म अनलाइन फण्ड ट्रान्सफरमार्फत डिशहोमको वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट दुई जना विजेता घोषणा गरिएको हो ।

शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० तथा १०१ र रमाइलो टीभीबाट प्रशारण भएको लाइभ लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेता छनौट गरिएको थियो । लक्की ड्रबाट भाग्यशाली घोषित हुनेहरुमा क्यास आईडी नम्बर ७१९१३८१२७५७ र ०२५५८१८९४०४ भएका ग्राहकहरु रहेका छन् ।

कम्पनीका अनुसार २०७७ साल असार १२ गते शुक्रबारदेखि असार १८ गते बिहीबारसम्म डिशहोमको आधिकारीक बिक्रेतामार्फत फण्ड ट्रान्फर सेवाबाट बार्षिक रिचार्ज गर्नेमध्ये दुई जना ग्राहकहरुलाई असार १९ गतेको लाइभ लक्की ड्रबाट यसैगरी एक/एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३