काठमाडौं । जब तपाईं कुनै वेबसाइट ब्राउज गर्नुहुन्छ, तब वेबसाइटले तपाईंलाई अलाउ र ब्लकको अप्सन देखाउँछ । यस्तो बेला तपाईंले जानेर वा नजानेर, अलाउ बटन थिच्नुहुन्छ । यसपछि तपाईंको स्मार्टफोन वा ल्यापटपमा त्यस्तो वेबसाइटको नोटिफिकेसनहरु आउन थाल्छन् ।
वेबसाइटबाट आउने त्यस्ता नोटिफिकेसनको आवाज पनि एकदमै दिक्क लाग्ने किसिमको हुन्छ । तर चिन्ता नलिनुहोस्, आज हामी तपाईंलाई यस्ता नोटिफिकेसनलाई कसरी ब्लक वा बन्द गर्ने भनेर बताउँदै छौं ।
ल्यापटपमा
ल्यापटपमा नोटिफिकेसन टर्न अफ गर्ने तरिका एकदमै सजिलो छ ।
सबैभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस् र त्यसको दायाँ माथिपट्टी रहेको तीन वटा थोप्ला भएको मेनुमा क्लिक गर्नुहोस् ।
त्यहाँ सेटिङ अप्सनमा जानुहोस् ।
अब मेनुमा रहेको प्राइभेसी एण्ड सेक्युरिटीमा प्रवेश गर्नुहोस् ।
थोरै स्रोल गरेर साइट सेटिङमा क्लिक गर्नुहोस् र नोटिफिकेसनभित्र जानुहोस् ।
त्यहाँ तपाईले वेबसाइटका लिंकहरु देख्न सक्नुहुन्छ । अब आफूले नोटिफिकेसन ब्लक गर्न चाहेको वेबसाइटको अघि रहेको सानो डट एरो बटनमा क्लिक गरेर नोटिफिकेसनलाई ब्लक गर्न सक्नुहुन्छ ।
मोबाइलमा
मोबाइलमा रहेको क्रोम ब्राउजरको माथिल्लो दायाँ भागमा रहेको थ्री डट मेनुमा गएर क्लिक गर्नुहोस् ।
त्यहाँ अप्सन रहेको सेटिङमा क्लिक गर्नुहोस् । त्यहाँभित्र रहेको साइट सेटिङ अप्सनमा क्लिक गर्नुहोस् ।
त्यहाँ तपाईंले नोटिफिकेसन देख्न सक्नुहुनेछ । त्यो खोल्ने बित्तिकै शिरानीमा तपाईंले सम्पूर्ण नोटिफिकेसन ब्लक गर्ने टोगल बटन देख्न सक्नुहुन्छ ।
तर यदि तपाईं इच्छा अनुसार साइटहरु अलाउ र ब्लक गर्न चाहनुहुन्छ भने तल गएर आफूले चाहेको वेबसाइटमा ट्याप गरेर नोटिफिकेसन बटनमा दबाउनुहोस् र ब्लक तथा अलाउ अप्सनमा छनौट गर्नुहोस् ।