काठमाडौं । एप्पल र गूगल दुवैले लोकप्रिय भिडियो गेम फोर्टनाइटलाई आफ्नो एप स्टोरबाट हटाएका छन् ।
एप्पल र गूगलले आफूहरुलाई बाइपास गरेर फोर्टनाइटको डेभलपर एपीक गेम्सले उसकै प्लेटफर्मबाट ‘डाइरेक्ट पेमेन्ट प्लान’ ल्याएकाे भन्दै याे गेम एप स्टोरबाट हटाएका हुन् ।
एप्पल र गूगल दुवैले एपबाट आउने आम्दानीको ३० प्रतिशत रकम लिने गरेका छन् । फोर्टनाइट निःशुल्क भिडियो गेम भएपनि प्रयोगकर्ताहरुले गेम खेल्दा ‘वेपन’ र ‘स्कीन’ किन्न पैसा तिर्नुपर्छ । यसका लागि नै एपबाट प्रत्यक्ष भुक्तानी गर्ने मिल्ने फिचर ल्याएकाे एपीक गेम्सले जनाएकाे छ ।
एपीक गेम्सले आफ्नो ब्लग पोस्टमा बिहीबार एप्पलको आइओएस र गूगल प्लेका लागि एपीक डाइरेक्ट प्लान ल्याएको जनाएको थियो ।
यसपछि एप्पल र गूगल दुवैले आफ्नो भुक्तानी नीतिको उल्लघंन भएको भन्दै एप स्टोरबाट फोर्टनाइट हटाउने निर्णय गरेका हुन् ।
एप्पलले भनेको छ, ‘एपीक गेम्सले एपमै पेमेन्ट सिस्टमको यो फिचर ल्याएकाे छ, जुन एप्पलले रिभ्यू र अप्रुभ गरेको छैन । उनीहरुले एप्पलको एप पेमेन्टको नीतिको उल्लंघन गरेका छन् ।’
यता गूगलले उल्लेख गरेको छ, ‘जबसम्म फोर्टनाइट एन्ड्रोइडमा उपलब्ध हुन्छ, हामी यसलाई प्ले स्टेरमा उपलब्ध गराउन सक्दैनौं, किनकि यसले हाम्रो नीति उल्लंघन गर्दछ। यद्यपि हामी एपिकसँग छलफल जारी राख्छौं र फोर्टनाइटलाई गुगल प्लेमा राख्ने वातावरण ल्याउँछाैं।’
अब डाउनलाेड गर्ने कसरी ?
यसअघि नै गूगल प्ले र एप्पलको एप स्टोरबाट डाउनलोड गरी गेम चलाइरहेका प्रयोगकर्ताले अब पनि चलाउन पाउँछन् । तर नयाँ अपडेट पाउँदैनन् ।
नयाँ प्रयाेगकर्ताका लागि गुगलले आफ्नो प्ले स्टोरबाट याे गेम हटाएको हुन सक्छ, तर यो एपिक गेम्स स्टोरबाट एपीके फाइल डाउनलोड गर्न सकिन्छ। गूगल प्लेकाे तुलनामा याे केही कम्प्लिकेटेड लाग्न सक्छ । तैपनि अरू विकल्प नहुँदा याे काम लाग्न सक्छ ।
यसका लागि तपाईंले आफ्नो स्मार्टफोनमा रहेको वेब ब्राउजरबाट Fortnite.com/Android क्लिक गरी डाउनलाेडका लागि फाेर्टनाइट इन्स्टलर प्राप्त गर्न सक्नुहुन्छ । फाइल इन्स्टल गर्न एपीकेले मात्र २ एमबीकाे साइज लिन्छ ।
साथै, सामसङ प्रयाेगकर्ताले ग्यालेक्सी स्टाेरबाट याे गेम डाउनलोड गर्न सक्नेछन्। यद्यपि आईफोन प्रयोगकर्ताहरूको लागि त्यस्तो विकल्प छैन।
स्मार्टफाेनमा मात्र हाेइन पीसीमा पनि याे खेम खेल्न सकिन्छ
फोर्टनाइट एक अनलाइन भिडियो गेम हो। यसका करीब २५ करोड प्रयोगकर्ताहरू छन्। यहाँ एकै साथ १०० खेलाडीहरू खेल्न् सक्छन् । खेलको एक चरण २० मिनेटसम्मको हुन्छ। प्लेयरको खेल सकिसकेपछि तुरून्त नयाँ गेम खेल्न सक्छन् ।
यो होइन कि तपाईं यो खेल केवल स्मार्टफोनमा खेल्न सक्नुहुनेछ। बरु यो विन्डोज, म्याक डिभाइसमा पनि खेल्न सकिन्छ। यसको लागि यो कम्पनीको आधिकारिक वेबसाइटबाट नि:शुल्क याे पनि डाउनलाेड गर्न सकिन्छ।
ग्यालेक्सी स्टाेरबाट कसरी डाउनलाेड गर्ने ?
गूगल प्ले र एप्पलकाे एप स्टाेरबाट याे एप हटाइएपनि याे गेम खेल्न चाहनेहरूले सामसङकाे सहारा लिन सक्छन् । यदि तपाईंसँग ग्यालक्सी स्मार्टफोन वा ट्याब्लेट छ र फोर्टनाइट खेल्न चाहनुहुन्छ भने ग्यालक्सी स्टोरमार्फत् डाउनलोड गर्न तलका निर्देशनहरू पालना गर्नुहोस्।
तपाईंको फोन वा ट्याब्लेटमा ग्यालक्सी स्टोर एप खाेल्नुहाेस् ।
सर्च बटन ट्याप गर्नुहोस् र ‘एपिक गेम्स’ सर्च गर्नुहोस्। सर्च रिजल्टमा एपिक गेम्स देखा पर्दछ । यदि देखिएन भने याे लिंक क्लिक गर्नुहाेस् ।
अब एप इन्स्टल गर्नुहाेस् र इन्स्टलेसन प्राेसेस पुरा हुन दिनुहाेस् ।