close

क्यूआरमार्फत बिगमार्टमा तरकारी तथा फलफुलको भुक्तानी गर्दा २५ प्रतिशत छूट !

टेकपाना टेकपाना

भदौ १, २०७७ १०:३९

क्यूआरमार्फत बिगमार्टमा तरकारी तथा फलफुलको भुक्तानी गर्दा २५ प्रतिशत छूट !

काठमाडौं । बिगमार्टमा स्क्यान टु पेमार्फत तरकारी तथा फलफुलको भुक्तानी गर्दा २५ प्रतिशतसम्म छूट पाइने भएको छ । ईसेवाको मर्चेन्टको रुपमा रहेको बिगमार्टले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न यस्तो योजना ल्याएको हो ।

यससँगै फोनपेको नेटवर्कमा आवद्ध सबै बैंकको मोबाइल बैंकिङ एप तथा ईसेवा वालेटबाट बिगमार्टमा तरकारी तथा फलफुलको किन्दा क्यूआर कोडमा स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । यसरी भुक्तानी गरेको खण्डमा छूट पाउन सकिनेछ ।

ईसेवाका अनुसार स्क्यान टु पेमार्फत तरकारी तथा फलफुलको भुक्तानी गर्दा २५ प्रतिशत तथा अधिकतम तीन सय रुपैयाँसम्म छूट प्राप्त गर्न सकिनेछ ।

यसको अर्थ तपाईंले १२ सय रुपैयाँसम्मको तरकारी तथा फलफुल किन्दा २५ प्रतिशतसम्म छूट पाउनुहुनेछ । त्यसभन्दा धेरै रकमको तरकारी तथा फलफूलमा भने तपाईंलाई तीन सय रुपैयाँ छूट मिल्नेछ ।

यस्तो छूट अफर काठमाडौं उपत्यकामा रहेका ५० भन्दा बढी बिमार्टका डिपार्टमेन्टल स्टोरमा उपलब्ध हुनेछ । तर यस्तो छूट बिहान ११ बजेदेखि ४ बजेसम्म लागु हुनेछ ।

त्यसभन्दा अघि र पछिको समयमा गरिने क्यूआर भुक्तानीमा १५ प्रतिशत छूट दिइने ईसेवाले जनाएको छ । यो अफर भदौ महिनाभर लागू हुनेछ । अफर समापन हुँदा एक जना प्रयोगकर्तालाई ह्वावे नोभा फाइभ टी स्मार्टफोन उपहारको रुपमा प्रदान गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०