close

आफ्नो फोन अरुलाई दिनुअघि प्रयोग गर्न नभुल्नुहोस् यो विशेष फिचर, जसले जोगाउनेछ तपाईंको इज्जत

टेकपाना टेकपाना

भदौ ३, २०७७ १०:४

आफ्नो फोन अरुलाई दिनुअघि प्रयोग गर्न नभुल्नुहोस् यो विशेष फिचर, जसले जोगाउनेछ तपाईंको इज्जत

काठमाडौं । कतिपय मानिसहरुमा अर्काको फोन चियाउने बानी हुन्छ । यस्तोमा तपाईंको फोन अनलक छ भने त झन् त्यस्ता व्यक्तिहरुले तपाईंको फोनमा रहेका कुनै पनि चिज चेकजाँच गर्न सक्छन् । 

कतिपय समय यस्तो पनि हुन्छ कि तपाईं चाहेर पनि उनीहरुलाई नकार्न सक्नुहुन्न । किन भने त्यस्ता व्यक्तिहरु तपाईंका साथी वा परिवारजन नै हुन्छन् । यदि तपाईंले चाहनु भयो भने तपाईंको फोन अनलक हुँदा समेत कसैले मनपरी रुपमा तपाईंको मोबाइलमा रहेका जुनसुकै कुरा खोतल्न सक्नेछैनन् । 

यसका लागि तपाईंको एण्ड्रोइड फोनमै एउटा विशेष फिचर उपलब्ध छ । यसलाई प्रयोग गर्न तपाईंले केही साधारण चरण पुरा गरे पुग्छ । 

यो हो विशेष फिचर

एण्ड्रोइड फोनमा पिन द स्क्रीन वा स्क्रीन पिनिङ नामक फिचर दिइएको हुन्छ । यही फिचरले तपाईंको फोन अनलक भएको बखत अरु कसैलाई मनपरी किसिमले फोनमा भएका चिजहरु खोतल्न दिने छैन । यो फिचर एण्ड्रोइड ५.० र त्यसपछिका सबै भर्सनमा उपलब्ध छ । 

फिचरको विशेषता

पिन द स्क्रीन वा स्क्रीन पिनिङको मुख्य काम यही हो कि यसमा तपाईं कुनै पनि एपलाई लक वा पिन गर्न सक्नुहुन्छ । यसो गरेपछि पिनिङ गरिएको एप बाहेक अन्य एप तपाईं स्वयम्‌ले नचाहेसम्म खुल्ने छैनन् । 

यदि तपाईं कुनै एप हेर्न वा फोन गर्नका लागि कसैलाई आफ्नो मोबाइल दिनुहुन्छ भने यो फिचर प्रयोग गर्न कदापि नबिर्सिनुहोस् । ता कि तपाईंको गोपनीयता सुरक्षित रहिरहोस् र फोनमा रहेका अन्य एप कसैले पनि खोल्न नसकोस् । 

कसरी प्रयोग गर्ने ?

यो फिचर सबै एण्ड्रोइड फोनमा उपलब्ध छ । यो फिचरको नाम तपाईंको मोबाइलमा पिन द स्क्रीन वा स्क्रीन पिनिङ हुनसक्छ । 

  • यसलाई प्रयोग गर्न सुरुमा तपाईंले आफ्नो फोनको सेटिङमा जानुपर्ने हुन्छ । 
  • फोनको सेटिङमा सेक्युरिटी एण्ड लक स्क्रीन विकल्प देख्न सकिनेछ । 
  • सेक्युरिटी एण्ड लक स्क्रीनमा क्लिक गरेपछि त्यहाँ प्राइभेसीसँग सम्बन्धित कयौं विकल्प फैला पार्न सकिन्छ ।
  • जसमा सबैभन्दा तल रहेको स्क्रीन पिनिङ वा पिन द स्क्रीन नामक अप्सन छनौट गर्नुहोस् र त्यसमा ट्याप गरेर यसलाई अन गर्नुहोस् । 
  • अब आफ्नो फोनमा जुन एपलाई पिन गर्न चाहनुहुन्छ त्यसलाई खोल्नुहोस् र फेरी बन्द गर्नुहोस् । 
  • यति गरिसकेपछि फोनमा रहेको रिसेन्ट एपको अप्सनमा जानुहोस् । 
  • उक्त एपमा केही लामो समयसम्म दबाइरहनुहोस्, जसलाई तपाईं पिन गर्न चाहनुहुन्छ । 
  • त्यसपछि पिन अप्सन छनौट गर्नुहोस् । यति गरिसकेपछि तपाईंको फोनमा पिन गरिएका एप बाहेक अन्य एपहरु खुल्ने छैनन् । 
  • यदि पिन अप्सन हटाउन चाहनुहुन्छ भने तपाईंले होम र ब्याक बटनलाई एकसाथ दबाउनुपर्ने हुन्छ । त्यसपछि लकस्क्रीन पासवर्ड प्रयोग गरेर स्क्रीन पिनिङ अघिकै अवस्थामा फर्किन सक्नुहुनेछ । 
  • कसैगरी मोबाइलमा अनपिन हुन सकेन भने माथितर्फ स्वाइप गरेर अडिनुहोस् वा ब्याक र रिसेन्ट तथा ओभरभ्यू बटनलाई केही समय मएकसाथ दबाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०