close

जागिर खोज्न अब तपाईंलाई गूगलले सघाउनेछ

टेकपाना टेकपाना

भदौ ६, २०७७ ११:३८

जागिर खोज्न अब तपाईंलाई गूगलले सघाउनेछ

काठमाडौं । गूगलले अनलाइनमा रोजगारी, उत्पादन र खाना खोज्न थप सहज बनाएको छ । गूगलले यसअघि मोबाइल ‘एक्टिभिटी कार्ड’ भन्ने फिचर ल्याएको थियो ।

जसमार्फत आफूले गरेको सर्चलाई पुरानै स्थानबाट सुरु गर्न सकिने सुविधा दिएको थियो । अब त्यसैमा कम्पनीले रोजगारी, खानाका परिकार र अनलाइन शपिङलाई समेत समावेश गरेको छ ।

अब गूगलको एक्टिभिटी कार्डको मद्दतबाट तपाईंले सर्च गरेका सम्पूर्ण प्रडक्ट एकै स्थानमा देख्न सकिनेछ । यतिसम्म कि तपाईंले सर्च गरेका प्रडक्टसँग मिल्ने अर्को प्रडक्टलाई दाँजेर समेत गूगलले देखाउनेछ ।

त्यस्तै जब एक्टिभिटी कार्डले तपाईंलाई मिल्दो जुल्दो रोजगारीको अवसर देखाउने छ । जसमा यसअघि तपाईंले सर्च गरेको मितिदेखिको रोजगारीको विवरण संकलन गरिने कम्पनीले जनाएको छ ।

यसो हुँदा तपाईंले धरै अवसर फेला पार्न सक्नुहुनेछ । त्यस्तै खानालाई लक्षित गर्दै ल्याइएको एक्टिभिटी कार्डले मोबाइलबाट सर्च गर्दा तपाईंले सर्च गरेको परिकारसँग मिल्ने परिकारलाई मात्रै देखाउने कम्पनीले जनाएको छ ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३