अब सोनीका क्यामेरा वेबक्यामको रुपमा प्रयोग गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग
भदौ ८, २०७७ ११:५२
काठमाडौं । सोनीले आफ्ना ग्राहकहरुका लागि एउटा उपहारको रुपमा विशेष सफ्टवेयर सार्वजनिक गरेको छ । सोनीको यो सफ्टवेयर अपडेटपश्चात प्रयोगकर्ताले आफ्नो डीएसएलआर, सेमी डीएसएलआर तथा मिररलेस क्यामेरालाई वेबक्यामको रुपमा प्रयोग गर्न सक्ने छन् ।
कम्पनीले वर्क फ्रम होमका क्रममा मानिसहरुले व्यहोरिरहेको झञ्झट दूर गर्न भन्दै यो सफ्टवेयर अपडेट सार्वजनिक गरेको हो । यस अघि पानासोनिक र ओलम्पसले मात्र यस्तो फिचर ल्याएका थिए । सोनीले ईमेजिङ एज वेबक्याम नामबाट एउटा डेक्सटप सफ्टवेयर रिलिज गरेको छ ।
जसको सहयोगमा सोनीका डिजिटल क्यामेरालाई उच्च गुणस्तरीय वेबक्याममा बदल्न सकिनेछ । यसका लागि तपाईंले आफ्नो कम्प्युटर तथा ल्यापटपमा एक यूएसबी पोर्टमार्फत क्यामेरा जोड्नुपर्ने छ ।
सोनीको यो नयाँ सफ्टवेयरले कम्पनीका कयौं डीएसएलआर तथा मिररलेस क्यामेरालाई सपोर्ट गर्नेछ । यद्यपी यो सफ्टवेयरमा विण्डोज टेनमा मात्रै सपोर्ट गर्ने सीमितता रहेको छ ।
यसको अर्थ के यदि तपाईंसँग म्याकबुक छ भने त्यसमा सोनीको क्यामेरालाई वेबक्यामको रुपमा प्रयोग गर्न सक्नुहुनेछैन ।
सोनीका यी क्यामेरालाई बनाउन सकिनेछ वेबक्याम
- अल्फा नाइन टु (Alpha 9 II)
- अल्फा नाइन (Alpha 9)
- अल्फा सेभेन आर फाइभ (Alpha 7R IV)
- अल्फा सेभेन आर थ्री (Alpha 7R III)
- अल्फा सेभेन आर टू (Alpha 7R II)
- अल्फा सेभेन एस थ्री (Alpha 7S III)
- अल्फा सेभेन एस टू (Alpha 7S II)
- अल्फा सेभेन एस (Alpha 7S)
- अल्फा सेभेन थ्री (Alpha 7 III)
- अल्फा सेभेन टू (Alpha 7 II)
- अल्फा सिक्स्टी सिक्स हण्ड्रेड (Alpha 6600)
- अल्फा सिक्स्टी फोर हण्ड्रेड (Alpha 6400)
- अल्फा सिक्स्टी वान हण्ड्रेड (Alpha 6100)
- अल्फा फिफ्टी वान हण्ड्रेड (Alpha 5100)
- आरएक्स हण्ड्रेड सेभेन (RX100 VII)
- आरएक्स हण्ड्रेड सिक्स (RX100 VI)
- आरएक्स जेरो टू (RX0 II)
- आरएक्स जेरो (RX0)
- भ्लग क्यामेरा जेडभी-वान (vlog camera ZV-1)
सफ्टवेयर डाउनलोड कसरी गर्ने ?
यहाँ क्लिक गर्नुहोस् र आफ्नो क्यामेराको मोडल नम्बर छनौट गर्नुहोस् । यति गरिसकेपछि तपाईंले त्यहाँ दिइएको अप्सनमार्फत सोनी ईमेजिङ एज वेबक्याम सफ्टवेयर डाउनलोड गर्न सक्नुहुनेछ । सफ्टवेयर डाउनलोड गरिसकेपछि प्रयोग गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
