close

एक महिनामै भित्रिए सवा ४ अर्बका मोबाइल

टेकपाना टेकपाना

भदौ ९, २०७७ १५:५१

एक महिनामै भित्रिए सवा ४ अर्बका मोबाइल

काठमाडौं । गएको साउनमा मात्र चार अर्ब २४ करोड ४९ लाख ६६ हजार मूल्यको मोबाइल आयात भएको छ । तीन महिना लामो लकडाउन खुकुलो भएसँगै ठूलो परिमाणमा नेपालमा मोबाइल भित्रिएका छन् ।

यस अवधिमा भित्रएका मोबाइल सेटको संख्या चार लाख ७० हजार २६१ थान छ । गत वर्ष साउनमा दुई अर्ब ४१ करोड ४४ लाख ५८ हजार मूल्य बराबरका तीन लाख ६१ हजार ३६४ थान मोबाइल भित्रिएका थिए ।

त्यस्तै आर्थिक वर्षको पहिलो महिनामा ४० करोड ४६ लाख ३१ हजार मूल्य बढीका सात हजार ५८६ थान ल्यापटप तथा नोटबूक भित्रिएका छन् भने दुई करोड १२ लाख सात हजार मूल्यका सात हजार ३५० थान स्मार्ट वाच मुलुक भित्रिएका छन् ।

यस अवधिमा ल्याण्डलाइन फोन सेटको आयात भने घटेको छ । यसपालि ६० लाख ८६ हजार मूल्यका चार हजार ५१२ थान ल्याण्डलाइन फोन सेट मात्र नेपाल आएका छन् ।

जब कि गत वर्षको साउनमा भने ६७ लाख ८१ हजार रुपैयाँका ११ हजार ५४८ थान फोन भित्रिएका थिए । कोभिड १९ का कारण जारी लकडाउनका कारण इन्टरनेटका लागि प्रयोग हुने राउटरको आयात समेत उल्लेखनीय छ ।

साउनमा १७ करोड ८ लाख ७१ हजार मूल्यका ५४ हजार ३०३ थान राउटर नेपाल आएका छन् ।

उपकरणथानमूल्य रु.
मोबाइल४७०६२१४२६४९६६०००
ल्याण्डलाइन फोन सेट४५१२६०८६०००
अन्य टेलिफोन सेट८८३३५५९४०००
स्मार्ट वाच७३५०२०१२७०००
राउटर५४३०३१७०८७१०००
हेडफोन माइक्रोफोन३१४८०४२३०४८०००
ल्यापटप नोटबूक७६८६४०४६३१०००
ट्याब्लेट१९७११५९८०००
२०७७ साउन महिनामा भित्रिएका केही इलेक्ट्रोनिक उपकरण

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३