close

क्लासिक टेकको इन्टरनेट रिचार्जमा २ महिनासम्मको सेवा निःशूल्क

टेकपाना टेकपाना

भदौ १०, २०७७ १२:१३

क्लासिक टेकको इन्टरनेट रिचार्जमा २ महिनासम्मको सेवा निःशूल्क

 काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बोनस योजना ल्याएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई छ महिना र एक वर्षको वार्षिक शुल्क भुक्तानी गरेको खण्डमा छूट दिनेगरी यो अफर ल्याएको हो ।

कम्पनीले अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा आफूले सस्तो रिचार्ज रेट तोकेको दाबी गरेको छ । क्लासिक टेकले आफ्ना सेवाग्राहीहरुलाई छ महिनाको शुल्क रिचार्ज गर्दा एक महिना थप इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने छ । यसैगरी एक वर्षको ग्राहक शुल्क रिचार्जमा २ महिनाको थप सेवा बोनसको रुपमा दिइने कम्पनीले जनाएको  छ ।

कम्पनीले वार्षिक ग्राहक योजनाअन्तर्गत २० एमबीपीएसका  लागि १२ हजार रुपैयाँ, २५ एमबीपीएसको लागि १३ हजार २०० रुपैयाँ, ३० एमबीपीएसको लागि १३ हजार २०० रुपैयाँ र ३५ एमबीपीएसको लागि १४ हजार १४८ रुपैयाँ शूल्क राखेको छ । 

यसैगरी ४० एमबीपीएसका लागि १४ हजार ४०० रुपैयाँ, ५० एमबीपीएसका लागि १५ हजार रुपैयाँ, ६० एमबीपीएसको १६ हजार ८०० रुपैयाँ र ७० एमबीपीएसको १८ हजार रुपैयाँ सेवा शुल्क तोकिएको छ । 

यी मध्ये कुनैपनि सेवा १२ महिनासम्म लिएको खण्डमा दुई महिनाको छूट प्राप्त गर्न सकिनेछ । अफर अन्तरगत क्लासिकको इन्टरनेटसहित क्लासिक प्रभु टीभीसमेत २ महिना अफरमा प्राप्त हुने बताइएको छ ।

ग्राहकहरुलाई आफ्ना कुनैपनि योजनाहरुमा स्पीड थप गर्न वा घटाउन सकिने सुविधा समेत कम्पनीले दिएको छ ।

क्लासिकटेकका सेवाग्राहीहरुले कम्पनीको मोबाइल एपमार्फत सबै सेवाहरुको जानकारी प्राप्त गर्न सक्नेछन् । साथै त्यसमार्फत सेवाको बारेमा गुनासो टिपाउन तथा अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने सुबिधा उपलब्ध रहेको छ ।

अनलाइन भुक्तानीका लागि क्लासिक टेकले प्रभु पे, ईसेवा, आईएमई पे, खल्ती, फोन पे, कनेक्ट आईपीएस, बैंकका कार्डहरु तथा अन्य डिजिटल माध्यमबाट तिर्न सकिने व्यवस्था मिलाएको छ ।

ग्राहकहरुले मोबाइल एपमार्फत आफ्नो विस्तृत विवरणहरु राखेर सेवा सकिने अवधि थाहा पाउन सक्छन भने सेवाको लागि विभिन्न सहयोग तथा मर्मत सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३