close

८ जीबी र्‍याम र ६४ मेगापिक्सेलको क्यामेरा सहित ‘ह्वावे वाई नाइन ए’ आउँदै

टेकपाना टेकपाना

भदौ ११, २०७७ १४:३८

८ जीबी र्‍याम र ६४ मेगापिक्सेलको क्यामेरा सहित ‘ह्वावे वाई नाइन ए’ आउँदै

काठमाडौं । गत हप्ता ह्वावेको ‘इन्जोय २० प्लस’ फोनको झलक लिक भएको थियाे । कम्पनीले इन्जोय २० प्लसकै समान डिजाइन भएको अर्को फोन ‘ह्वावे वाई नाइन ए’ पनि निर्माण गरेको छ ।

ह्वावे वाई नाइन एमा नचलेस डिस्प्ले र ब्याक सेटअपमा गोलो क्यामेरा छ । तर इन्जोय २० प्लसमा जस्तो यसमा चारवटा क्यामेरा छैन ।

यसको ब्याक सेटअपमा भएको क्यामेरा सिंगल क्यामेरा हो । यसको फ्ल्यास भने माथिल्लो बायाँ कुनातिर छ । यस फोनको प्राइमेरी क्यामेरा ६४ मेगा पिक्सलको सेन्सर छ ।

ह्वावेको वाई नाइन एमा आठ जीबीको र्‍याम र १२८ जीबीको इन्टरनल स्टोरेज छ । यसमा साइड माउन्टेड फिंगरप्रिन्ट रिडर रहेको छ । यो फोनले ४० वाटको सुपर फास्ट चार्जिङलाई पनि सपोर्ट गर्दछ । तर ब्याट्री क्षमताबारे केही खुलाइएकाे छैन ।

यो फोन दुई रंगमा उपलब्ध छ । सफ्टवेयरको कुरा गर्दा यसमा अक्टाकोर ४*२.२ गीगाहर्ज कोर्टेक्स -ए ७३ एण्ड ४*१.७ गीगाहर्ज कोर्टेक्स -ए ५३ सीपीयू र किरिन ७१० एफ-१२एनएम चिपसेट छ ।

यसमा मेल जी ५१ एमपी फोर जीपीयू प्रयोग गरिएको छ । गूगलकाे प्रतिबन्धका कारण ह्वावेको यो मोडलले पनि गूगल सर्भिसलाई सपोर्ट गर्दैन । यो फोनबाट एपहरु डाउनलोड गर्नलाई ह्वावेको एप ग्यालरी प्रयोग गर्नुपर्छ । 

फोनको तौल एक सय ६० ग्राम रहेको छ भने । यसमा हाईब्रिड डुअल सीम अर्थात् नानो सिम र डुअल स्ट्याण्ड बाई सीम रहेका छन् । 

यसको अपरेटिङ सिस्टम एन्ड्रोइड १० मा आधारित छ । लिथियम पोलिमर भएको यसको ब्याट्रीमा १० वाटको चार्जर छ ।  

यो फोन चाँडै नै सार्वजनिक हुने अपेक्षा गरिएकाे छ ।

याे पनि पढ्नुहाेस् : ह्वावे बन्याे सबैभन्दा बढी माेबाइल बिक्री गर्ने कम्पनी

फाेटाे क्रेडिट : जीएसमेरेना डटकम
-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३