close

कतै तपाईंको ‘वर्क फ्रम होम’ असुरक्षित त छैन ? अपनाउनुहोस् यी टिप्स

टेकपाना टेकपाना

भदौ १४, २०७७ २१:३३

कतै तपाईंको ‘वर्क फ्रम होम’ असुरक्षित त छैन ? अपनाउनुहोस् यी टिप्स

काठमाडौं । वर्क फ्रम होम अभ्यास गरिरहँदा सुरक्षित सञ्चार तथा साइबर सेक्युरिटीका लागि धेरै कुराहरु ख्याल राख्नु पर्ने हुन्छ । वर्किङ एरियालाई सुरक्षित बनाउन धेरै संसाधानहरुको आवश्यकता पर्छ ।

टाढाबाट प्रयोग भइरहेका कर्पोरेट उपकरणहरु कति सुरक्षित छन् भनेर कम्पनीले निर्क्यौल गर्न सक्नुपर्छ । कतिपय कर्मचारीले त कार्यालयसँग कनेक्ट हुन आफ्नै घरको डिभाइस पनि प्रयोग गरिरहेका हुन्छन् ।

वास्तवमा वर्क फ्रम होमको अनुमति दिने ५० प्रतिशत कम्पनीहरुका कर्मचारीहरुले आफ्नै उपकरण प्रयोग गर्ने गरेको हालैको एक सर्वेक्षणमा देखिएको छ । यस्तो बेला धेरै कर्मचारीहरुलाई साइबर हमलामा पर्न सक्ने सम्भावना र त्यसको पूर्व तथा आपतकालीन तयारीको बारेमा ज्ञान हुँदैन ।

कोभिड १९ पछि विश्वले अभ्यास गरिरहेको वर्क फ्रम होमप्रति कर्मचारीहरुको धारणामा केन्द्रीत भएर एउटा अध्ययन गरेको छ । वेलायत, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, इटली, स्पेन, जर्मनी, स्विडेन, रसिया, म्याक्सिको, ब्राजिल, कोलम्बिया र नेपाल लगायतका मुलुकहरुमा गरिएको उक्त सर्भेक्षण रिसर्च एजेन्सी टोलुनाले गरेको थियो ।

कत्तिको सुरक्षित छ वर्क फ्रम होम ?

सर्वेक्षणमा छ हजार १७ जना फुल टाइम तथा पार्ट टाइम कर्मचारीहरु सहभागी रहेका थिए । सर्वेक्षणमा ५५ प्रतिशत कर्मचारीहरुले वर्क फ्रम होमका लागि आफूहरुले आवश्यक डिभाइस प्राप्त गरेको बताएका थिए ।

२६ प्रतिशत कर्मचारीहरुले वर्क फ्रम होमका लागि घरमा छुट्टै कोठा उपलब्ध नभएको बताएका थिए । ३३ प्रतिशत कर्मचारीहरुले इन्टरनेट प्रयोगको सीमितताको विषयमा आफ्ना बालबालिकाहरुसँग झगडा हुने गरेको बताएका थिए ।

यस्तै ५१ प्रतिशत कर्मचारीहरुले वर्क फ्रम होमका लागि प्रयोग गरिरहेको डिभाइसमा एडल्ट कन्टेन्ट हेर्ने गरेको स्वीकार गरेका थिए । ७३ प्रतिशत कर्मचारीहरुले वर्क फ्रम होम सुरु गर्नका लागि आईटी सुरक्षा चेतना सम्बन्धि कुनै पनि किसिमको प्रशिक्षण नपाएको बताएका थिए ।

५३ प्रतिशतले वर्क फ्रम होमको दौरान भीपीएन प्रयोग गरेको बताए । २७ प्रतिशतले कोभिड १९ लाई मुख्य शीर्षक बनाएर पठाइने मेलिसियस ईमेलहरु प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । 

सुरक्षित रहन यसो गर्नुहोस्

वर्क फ्रम होमको दौरान साइबर सुरक्षा कायम गरी मालिसियस माल्वेयर तथा रेन्समवेयरबाट बच्न कर्मचारीहरुलाई सही उपकरण तथा सूचनाहरु प्रदान गर्न आवश्यक छ । घरबाट काम गरिरहेका सम्पूर्ण कर्मचारीले सरक्षित रुपमा काम गरिरहेको विषय सुनिश्चित गर्नुपर्ने हुन्छ ।

Kaspersky Endpoint Security Cloud protege las fuerzas de trabajo remotas |  Seguridad | IT Reseller
  • यस्तो बेलामा आईटी वा सुरक्षा समस्या परेको अवस्थामा कोसँग सम्पर्क राख्ने भन्ने बारेको पूर्व तयारी गर्ने ।
  • कर्मचारीका लागि आधारभूत सेक्युरिटीको सचेतानाका लागि कम्पनीहरुले निश्चित अवधिमा प्रशिक्षणको व्यवस्था मिलाउने । यी सबै तयारी तथा कामहरु अनलाइनमार्फत नै सञ्चालन गर्न सकिन्छ । यस्ता प्रशिक्षणहरुमा अकाउन्ट तथा पासवर्ड व्यवस्थापन, ईमेल सुरक्षा, ईण्ड प्वाइन्ट सेक्युरिटी र वेब ब्राउजिङ जस्ता विषयहरु समावेश गर्न सकिन्छ ।
  • पासवर्ड प्रोटेक्सन, वर्क डिभाइसलाई इन्क्रिप्ट गर्ने तथा डेटा ब्याकअप गर्ने जस्ता डेटा सुरक्षाका उपायहरु अपनाउने ।
  • डिभाइस, सफ्टवेयर, एप्लिकेसन तथा सर्भिसहरुमा पछिल्ला प्याचहरुलाई सधैं अपडेटेड राख्ने । यसका लागि तपाईं कास्परस्काई ईण्डप्वाइन्ट सेक्युरिटी क्लाउड जस्ता प्रमाणित प्रोटेक्सन सफ्टवेयर इन्स्टल गरेर राख्न पनि सक्नुहुन्छ ।
  • नयाँ थ्रेट इन्टेलिजेन्समा एक्सेस भएको सुनिश्चित गर्नुहोस् र आफ्नो प्रोटेक्सन सोलुसनलाई मजबूत बनाउनुहोस् ।
  • मोबाइल डिभाइसमा उपलब्ध प्रोटेक्सनलाई डबल चेक गर्नुहोस् । उदाहरणका लागि यसमा रिमोट डिभाइस लोकेसन, डेटाको लकिङ तथा  वाइपिङ, स्क्रीन लकिङ, पासवर्ड तथा बायोमेट्रिक्स सुरक्षा फीचरहरु (फेसआइडी वा टचआइडी जस्ता सुरक्षा फिचरहरु) इनेबल गर्नुहोस् ।
  • कर्मचारीहरुले आधिकारिक एप्लिकेसन मात्र प्रयोग गरिरहेका छन् भन्ने कुरा सुनिश्चित गर्न कम्पनीहरुले एप्लिकेसन कन्ट्रोललाई इनेबल गर्ने ।
  • राउटर सपोर्टलाई सुनिश्चित गर्नुहोस् र वाईफाईलाई वभििन्न डिभाइसहरुमा ट्रान्समिट गरिरहँदा डिभाइसले र वाईफाई दुवैले राम्ररी काम गरिरहेको सुनिश्चित गर्नुहोस् ।
  • सम्भावित सुरक्षा समस्याहरु आइपर्न नदिन आफ्नो राउटरलाई निरन्तर अपडेट गरिरहनुहोस् ।
  • आफ्नो राउटर र वाईफाई नेटवर्कका लागि बलियो पासवर्ड सेटअप गर्नुहोस् ।
  • यदि सक्नुहुन्छ भने आफ्नो कम्पनीले दिएको कर्पोरेट डिभाइसमा मात्र काम गर्नुहोस् । आफ्नो व्यक्तिगत कम्प्युटरमा कर्पोरेट जानकारीहरु राख्दा सम्भावित सुरक्षा तथा गोपनीयताको जोखिमको विषयमा सचेत रहनुहोस् ।
  • आफ्नो वर्क अकाउन्ट अरु कसैसँग शेयर नगर्नुहोस् ।
  • घरबाट काम गरिरहँदा कुनै समस्या देखियो भने आफ्नो आईटी वा साइबर सुरक्षा टिमसँग सधैं खुलेर कुरा राख्नुहोस् ।

कास्परस्काई सेक्युरिटी हुनसक्छ उत्तम विकल्प

Kaspersky Security Awareness | HKCloudMart

सेक्युरिटी प्रदायक कम्पनी कास्परस्काईले हालै आफ्नो सेवामा नयाँ अपडेट ल्याएको छ । नयाँ अपडेटमा कम्पनीले आफ्नो सेवामा थप नयाँ फिचर र सेक्युरिटीमा सुधार गरेको छ । 

कास्परस्काईको २०२० को नयाँ भर्सनमा विभिन्न किसिमका नयाँ फिचरहरु आएका छन् । जसअन्तर्गत अब सबै र्‍याट्स अर्थात् रिमोट एक्सेस टूलविरुद्ध यसले बाई डिफल्ट सुरक्षा दिनेछ । 

यस्तै माइक्रोसफ्ट अफिस जस्तो लोकप्रिय प्रोग्रामका भल्नरेबिलिटीलाई एक्सप्लोइट हुन नदिने गरी यसले दिने सुरक्षा प्रत्याभुतीमा सुधार भएको छ । जसले कास्परस्काईको प्रडक्ट र सर्भरबीचको सञ्चारलाई इन्क्रिप्ट गरिदिनेछ । 

त्यस्तै माई कास्परस्काई अकाउन्टमा टू फ्याक्टर अथेन्टिकेसन थप भएर आएको छ । म्याक प्रयोगकर्ताहरुका लागि डार्क थिमको सुविधा पनि छ ।

एन्ड्रोइडका लागि कास्परस्काईको सेक्युरिटी क्लाउडमा प्रमिसन चेकर थप भएको छ । पछिल्लो अपडेटमा कास्परका प्रडक्टहरु इन्स्टल तथा अपडेट रिसिभमा १५ प्रतिशत हलुका भएको छ भने २५ प्रतिशत धेरै फास्ट भएको छ । 

यदि तपाईं कास्परस्काईको प्रडक्ट प्रयोग गर्नुहुन्छ भने यो स्वत: अपडेट हुन सक्छ । तर तपाईंले यसलाई अहिलेसम्म प्रयोग गर्नु भएको छैन र अब गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । 

अनलाइनबाटै यसरी गर्नुहोस् खरिद 

नेपालका लागि कास्परस्काईको आधिकारिक वितरक सागर ग्रुपले एन्टीभाइरस, कास्परस्काई इन्टरनेट सेक्युरिटी, एन्ड्रोइडका लागि इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी, सेक्युरिटी क्लाउड जस्ता प्रडक्टहरु नेपालमा उपलब्ध गराउँदै आएको छ ।

ईसेवा, खल्तीबेलियोजस्ता विद्युतीय भुक्तानीका प्लेटफर्मबाट आफूलाई उपयुक्त कास्परस्काईका प्रडक्ट रोजेर खरिद गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०