close

तपाईँको ल्यापटपमा कुन एपले धेरै ब्याट्री खाइरहेको छ ? यसरी पत्ता लगाउनुहोस्

टेकपाना टेकपाना

चैत २१, २०८१ १३:४३

तपाईँको ल्यापटपमा कुन एपले धेरै ब्याट्री खाइरहेको छ ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । यदि तपाईं आफ्नो धेरैजसो काम ल्यापटपमा गर्नुहुन्छ वा बोकेर हिँड्नुपर्ने हुन्छ भने सबै ठाउँमा चार्ज गर्ने सुविधा नपाइन सक्छ । यस्तो अवस्थामा ल्यापटपको ब्याट्री जोगाउने उपाय अपनाउनु राम्रो हुन्छ । यसको सबैभन्दा सजिलो तरिका भनेको ल्यापटपमा कुन एपले सबैभन्दा बढी ब्याट्री खपत गरिरहेको छ भनेर पत्ता लगाउनु हो ।

ब्याट्री धेरै खपत गर्ने एपबारे जानकारी लिन सकियो भने अनावश्यक एप अनइन्स्टल गरेर ब्याट्रीमात्र होइन, स्टोरेज पनि बचाउन सकिन्छ ।

विन्डोजमा कसरी एप ट्र्याक गर्ने ?

  • ‘Start Menu’ खोल्नुहोस् र ‘Settings’ मा जानुहोस् ।
  • ‘System’ मा क्लिक गरी ‘Power & Battery’ अप्सन खोल्नुहोस् ।
  • अब ‘Battery Usage’ मा क्लिक गर्नुहोस् । यहाँ तपाईंले कुन एपले कति ब्याट्री खपत गरिरहेको छ भन्ने जानकारी पाउनुहुन्छ ।
  • सर्चबार प्रयोग गरेर कुनै विशेष एपको ब्याट्री खपत हेर्न सकिन्छ ।
  • धेरै ब्याट्री खपत गर्ने एप ब्याकग्राउन्डमा नचल्ने बनाउने वा आवश्यक नभए अनइन्स्टल गर्न सकिन्छ ।

म्याकमा कसरी एप ट्र्याक गर्ने?

  • मेनु बार (स्क्रिनको माथिल्लो दायाँ भाग) मा रहेको ब्याट्री आइकनमा क्लिक गर्नुहोस् ।
  • खुल्ने मेनुमा ‘Using Significant Energy’ भन्ने अप्सनमा सबैभन्दा धेरै ब्याट्री खपत गर्ने एपहरूको सूची देख्न सकिन्छ ।
  • यदि सूचीमा रहेको कुनै एप हाल प्रयोगमा छैन भने, त्यसलाई बन्द गर्न सकिन्छ ।
  • एप बन्द गर्न त्यसमा राइट क्लिक गरेर ‘Quit’ अप्सन चयन गर्नुहोस् ।
  • ध्यान दिनुहोस्, यदि कुनै एप सक्रिय रूपमा प्रयोग भइरहेको छ भने त्यसलाई बन्द गर्न मिल्दैन । तर ब्याकग्राउन्डमा चलेको एपलाई बन्द गरेर ब्याट्री बचाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०८१ १७:३४