close

शक्तिशाली ७००० एमएएच ब्याट्रीसहित सार्वजनिक भयो सामसङ एम ५१, अरु फीचर के छ ?

टेकपाना टेकपाना

भदौ १५, २०७७ २१:४२

शक्तिशाली ७००० एमएएच ब्याट्रीसहित सार्वजनिक भयो सामसङ एम ५१, अरु फीचर के छ ?

काठमाडौं । सामसङ ग्यालेक्सी एम फिफ्टी वान स्मार्टफोन विश्वबजारमा सार्वजनिक भएको छ । लामो समयसम्म स्मार्टफोनमा कुराकानी गर्ने र फोनमै कार्यालयको काम गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो फोन बजारमा ल्याइएको हो ।

कम्पनीले यो फोनमा ७००० एमएएच क्षमताको शक्तिशालि ब्याट्री राखेको छ । यस बाहेक यो फोनमा फोटोग्राफीका लागि पछाडि भागमा क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) दिइएको छ ।

पहिलो पटक जर्मनीमा सार्वजनिक भएको यो फोन अब नेपालमा आउने प्रतिक्षा सुरु भएको छ । बताइए अनुसार यो फोन सेप्टेम्बर सम्म नेपाल आउनेछ ।

कति छ सामसङ ग्यालेक्सी एम फिफ्टी वानको मूल्य ?

जर्मनीमा सार्वजनिक भएको सामसङ ग्यालेक्सी एम फिफ्टी वानको मूल्य ३६० युरो छ । जसको नेपाली मूल्य ३० हजार १९८ रुपैयाँ हुन आउँछ । कम्पनीले यो फोन कालो र सेतो कलर भेरियन्टमा सार्वजनिक गरेको छ ।

रिपोर्टमा जनाइए अनुसार कम्पनीले नेपालमा ५० हजार रुपैयाँ हाराहारीमा यो फोन सार्वजनिक गर्न सक्नेछ ।

के छ स्पेसिफिकेसन र फीचर ?

यो स्मार्टफोनमा ६.७ इञ्चको फुल एचडी प्लस सुपर एमोलेड प्लस इन्फिनिटी ओ डिस्प्ले दिइएको छ । पर्फर्मेन्सः यसमा पावरका लागि अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । यद्यपी कम्पनीले यसमा दिइएको चिपसेटको खुलासा भने गरेको छैन ।

यो फोनमा छ जीबीको र्‍याम तथा १२८ जीबीको स्टोरेज रहेको छ । प्रयोगकर्ताले यसको इन्टरनल स्टोरेजलाई मेमोरीकार्डमार्फत बढाउन सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोइड १० मा आधारित वान यूआईमा रन हुनेछ ।

फोटोग्राफीका लागि यसमा पछाडिपट्टी चार क्यामेराको सेटअप दिइएको छ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, दुई मेगापिक्सेलको डेप्थ सेन्सर र दुई मेगापिक्सेलकै म्याक्रो लेन्स रहेको छ ।

सेल्फीका लागि यो फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । यो फोनमा ब्याट्री चार्जिङ्गका लागि २५ वाटको फास्ट चार्जिङको सपोर्ट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०