close

आईफोनमा तत्काल प्राइभेसी फीचर नआउने, डिजिटल विज्ञापन गर्ने एपलाई छुट

टेकपाना टेकपाना

भदौ २०, २०७७ ९:२६

आईफोनमा तत्काल प्राइभेसी फीचर नआउने, डिजिटल विज्ञापन गर्ने एपलाई छुट

काठमाडौं । एप्पलले आफ्नाे पछिल्लो आईफोन अपरेटिङ सिस्टम (आईओएस) मा ल्याउने भनेको गोपनीयताको फीचर तत्काल नल्याउने भएको छ । अनलाइनबाट मानिसहरुलाई आफ्नो अनुमतिबिना ट्रयाकिङ गर्ने एप र वेबसाइटलाई बेवास्ता गर्न यो फीचर ल्याउन लागिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरुलाई निषेध गर्ने नीति लिइरहेको बेला एप्पलले भने तत्काल अनलाइन निगरानी राख्ने एप र वेबसाइटहरुलाई स्वतन्त्रता प्रदान गरेको छ ।

कम्पनीले यो टूल नयाँ अपरेटिङ सिस्टम आईओएस १४ का साथ दिने तयारी गरिरहेको थियो । यो टूलले मानिसहरुको चाहना ट्रयाक गरी विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई अप्ठ्याराेमा पार्ने विश्लेषण गरिएकाे छ ।

यो महिनाको अन्त्यसम्म आईओएस १४ अपरेटिङ सिस्टम सार्वजनिक हुने जनाइएको छ, जुन १० कराेड आईफोन प्रयोगकर्ताले फ्री अपग्रेड गर्न पाउनेछन् ।

एप्पलले यो टूल अब अर्को वर्ष मात्रै राख्ने संकेत गरेको छ । एन्टी ट्रयाकिङ टूल आईप्याड र एप्पल टिभीका लागि पनि राख्ने तयारी कम्पनीले गरिरहेकाे छ ।

याे टूलले सूचना संकलन वा सेयर गर्दा प्रयोगकर्तालाई अनुमतिका दिन वा नदिन भन्दछ ।

यस्तो आंशका गरिएकाे छ कि धेरै मानिसहरुले अनलाइन मोनिटरिङ गर्ने एप र वेबसाइटलाई निषेध गर्नेछन्, जसका कारण एडमार्फत नै धेरै हिस्सा कमाउने एपहरुलाई झड्का लाग्नेछ ।

गूगलपछिको ठूलो डिजिटल विज्ञापन नेटवर्क फेसबुकले काेराेना भाइरसका कारण मारमा परेका धेरै एपहरूलाई एप्पलकाे नयाँ प्राइभेसी फीचरका कारण झन् झड्का लाग्ने चेतावनी दिइसकेकाे छ ।

यता एप्पलले एन्टी ट्रयाकिङ टूल तत्काल कायार्न्वयनमा नल्याउनुकाे कारण प्रयोगकर्तालाई गोपनीयताको आधारभूत अधिकार नदिने भन्ने चैं नरहेकाे बताएकाे छ ।

यो टूलले मानिसहरुको चाहना अनुसारका विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई रोक्ने जनाइएको छ । एप्पलले डेभलपरहरुलाई राम्ररी काम गर्न केही समय थपेकाे बताएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०