close

फेसबुक र ट्वीटरमा यसरी बन्द गर्नुहोस् ‘अटो प्ले’ भिडियो

टेकपाना टेकपाना

भदौ २४, २०७७ २२:३८

फेसबुक र ट्वीटरमा यसरी बन्द गर्नुहोस् ‘अटो प्ले’ भिडियो

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय रहने हरेक प्रयोगकर्ताले पमहसुस गरेकै हुनुपर्छ, फेसबुक र ट्वीटर खोल्ने वित्तिकै भिडियोहरु आफै प्ले हुन थाल्छन् । यस्ता भिडियोहरु कुनै कुनै त रोचक नै लाग्छन् । कुनै भने वाक्क लाग्ने किसिमका पनि हुन्छन् ।

फेरी फिक्स्ड लाइन ब्रोडब्याण्ड तथा वाईफाईको कनेक्सनमा हुनुहुन्छ भने एउटा कुरा, नत्र मोबाइल डेटाबाट इन्टरनेट चलाउनुहुन्छ भने त यस्ता अटो प्ले हुने भिडियोले डेटाको सत्यानाश नै गरिरहेका हुन्छन् ।

फेसबुक तथा ट्वीटरमा भिडियोलाई यसरी अटो प्ले हुनबाट सजिलै रोक्न सकिन्छ । आज हामी तपाईंलाई त्यसको तरिका बताउँदै छौं ।

फेसबुक वेब एप

  • आफ्नो फेसबुकको माथी दायाँ कुनामा रहेको तलतर्फ फर्किएको एरोमा जानुहोस् ।
  • अब त्यसमा रहेको सेटिङ एण्ड प्राइभेसीलाई छनौट गर्नुहोस्
  • स्क्रोल गर्नुहोस् र अन्तिममा रहेको भिडियोज लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।
  • अब त्यसमा तपाईंले अटोप्लेइङ भिडियोको अप्सन देख्नुहुनेछ । त्यहाँबाट यसलाई बन्द गर्नुहोस् ।

फेसबुकको मोबाइल एपमा

  • आफ्नो फेसबुकको दायाँतर्फ तीन वटा धर्षा भएको मेनुमा जानुहोस् ।
  • अब त्यसमा तल रहेको सेटिङ एण्ड प्राइभेसीलाई छनौट गर्नुहोस् ।
  • त्यसमा दिइएको डेटा सेभरमा जानुहोस्
  • अब त्यसमा रहेको डेटा सेभर बटनलाई अन गरिदिनुहोस् । यसले भिडियोको अटो प्ले बन्द गरिदिनुका साथै डेटा खपत कम गर्न तस्वीरको आकारलाई समेत घटाइदिनेछ ।

ट्वीटरमा के छ उपाय ?

  • ट्वीटरको बायाँतर्फ रहेको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ तल रहेको सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् ।
  • अब जनरल सेक्सनमा रहेको डेटा युजमा दबाउनुहोस् ।
  • डेटा जोगाउन चाहनुहुन्छ भने सुरुमा रहेको डेटा सेभरको पछाडि पट्टीको बटनमा टिक लगाउनुहोस् ।
  • तल रहेको भिडियो अटो प्लेमा गएर डेटा र वाईफाई दुवैमा अटो प्ले हुने, वाईफाईमा मात्र अटो प्ले हुने वा कुनैमा पनि अटो प्ले नहुनेमध्ये आफूलाई आवश्यक विकल्प रोज्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०