close

दुई महिनामै भित्रिए करिब ८ अर्बका मोबाइल, कुन देशबाट कति ?

टेकपाना टेकपाना

असोज १२, २०७७ १८:२३

दुई महिनामै भित्रिए करिब ८ अर्बका मोबाइल, कुन देशबाट कति ?

काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा करिब आठ अर्ब रुपैयाँ बराबरका मोबाइल नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै सात अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँभन्दा बढीका मोबाइल सेट आयात भएका हुन् । 

यस अवधिमा कूल नौ लाख ९५ हजार पाँच सय थान मोबाइल भित्रिएका छन् । जसबापत राज्यले एक अर्ब २४ करोड ७० लाख १८ हजार रुपैयाँ राजस्व उठाएको छ ।

कोभिडको महामारीसँगै सुरु भएको लकडाउन महिनौंपछि खुकुलो भएको तथा दशैं नजिकिँदै  गरेको अवस्थामा मोबाइलको आयात उल्लेख्य मात्रामा बढेको हो । यस अवधिमा स्मार्ट वाचको आयात समेत वृद्धि भएको छ । 

भन्सार विभागका अनुसार साउन र भदौमा तीन करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरका १२ हजार ७२३ थान स्मार्टवाच नेपाल भित्रिएका छन् । 

यस्तै ४० करोड २८ लाख ५२ हजार रुपैयाँका एक लाख ४४ हजार एक सय वटा इन्टरने राउटर आयात भएका छन् ।

यस्तै साउन र भदौमा ९२ करोड ८८ लाख २३ हजार मूल्यका १७ हजार १९४ थान ल्यापटप तथा नोटबुक र १० करोड ४३ लाख ९९ हजार रुपैयाँका पाँच हजार ४२१ थान ट्याबलेट आयात भएका छन् ।

कुन देशबाट कति भित्रिए ? 

सबैभन्दा बढी चीनबाट मोबाइल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार साउन र भदौमा मात्रै चीनबाट पाँच अर्ब १२ करोड ३८ लाख ४० हजार रुपैयाँ मूल्यका आठ लाख पाँच हजार ९४७ वटा मोबाइल नेपालमा आयात भएका छन् ।

चीनपछि दोस्रो धेरै मोबाइल भारतबाट भित्रिएका छन् । भारतबाट साउन र भदौमा दुई अर्ब ५४ करोड ४६ लाख ३० हजार रुपैयाँका एक एक लाख ७६ हजार ५०१ वटा मोबाइल आयात भएका छन् । 

भारतपछि भियतनामबाट २६ करोड २५ लाख १९ हजार रुपैयाँका १२ हजार ६५४ वटा मोबाइल आयात भएका छन् । बाँकी देशबाट जम्मा ३८७ वटा मोबाइल भित्रिएको भन्सार विभागको तथ्याङ्क छ ।

कुन देशबाट कति आयात भयो ?

देशसंख्यारुपैयाँ
चीन८०५९४७५१२३८४००००
भारत१७६५०१ २५४४६३०००
भियतनाम१२६५४ २६२५१९०००
हङकङ२०३२०८५०००
अन्य१९३ ९३५५०००

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०