काठमाडौं । चिनियाँ मोबाइल ब्राण्ड पोकोको नयाँ स्मार्टफोन पोको सीथ्री अर्को साता विश्व बजारमा सार्वजनिक हुने भएको छ । पहिलो पटक पोको एफ वानबाट विश्व बजारमा भित्रिएको पोकोले छोटो समयमै ठूलो सफलता हात पारिसकेको छ ।
उक्त सफलतालाई पछ्याउँदै कम्पनीले अब बजेट स्मार्टफोनको रुपमा अर्को सिरिजको सुरुवात गर्ने भएको हो । उक्त फोन सबैभन्दा पहिले भारतीय बजारमा उपलब्ध हुने छ । पोको इण्डियाका अनुसार उक्त फोन ६ अक्टोबरमा सार्वजनिक हुनेछ ।
?3️⃣, the next #GameChang3r from POCO is arriving on 6th October @ 12PM on @Flipkart.
— POCO India #POCOC3 (@IndiaPOCO) October 1, 2020
Know more: https://t.co/FgindDwGMo
3?️?️?️ RTs & we'll giveaway 1 #POCOC3 to a lucky winner. pic.twitter.com/Coec2qqd3o
उक्त फोनको विषयमा कम्पनीले थप जानकारी भने उपलब्ध गराएको छैन । यद्यपी हालसम्म बाहिरिएको जानकारी अनुसार यो फोनमा चार जीबी र्याम उपलब्ध हुनेछ ।
जसमा १२८ जीबी स्टोरेज क्षमता रहनेछ । फोनकाे पछाडिकाे भागमा चार वटा क्यामेरा रहने छन् ।
पाँच हजार एमएएच क्षमताको ब्याट्री रहने यो फोनको बजार मु्ल्यू १० हजार ९ सय ९० रुपैयाँ हुनसक्ने आँकलन गरिएको । पोको इण्डियाका अनुसार फोन फ्लिपकार्टमा बिक्रीको लागि उपलब्ध हुनेछ ।
त्यसका लागि फ्लिपकार्टमा विशेष पेज क्रियट गरिनेछ । तर भारत बाहिर नेपाल सहितका मुलुकमा यो फोन कहिले आउँछ भन्ने कुरा यकिन भइसकेको छैन ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
