काठमाडाैं । भारतीय चर्चित कम्पनी सियाराम समूहको अक्सेम्बर्ग ब्राण्डको अनलाइन स्टाेर नेपालमा पनि सञ्चालनमा आएको छ । गत फागुनदेखि नेपालमा व्यवसाय थालेकाे अक्सेम्बर्गले हालै ग्राहकका लागि अनलाइनबाटै खरिद गर्न मिल्ने सुविधा ल्याएकाे हाे ।
अनलाइन स्टाेरमा औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोसेरिज तथा जिन्स उपलब्ध रहेका छन् ।
अनलाइनमार्फत सामान खरिद गर्दा ग्राहकले आफ्नो सुविधा अनुसार फोनपे वा डेलिभरी प्राप्त गर्दा नगद/कार्डबाट पनि भुक्तानी गर्न सकिनेछ ।
ग्राहकहरुले आठ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा एउटा टाइमेक्स घडी उपहार स्वरूप प्राप्त गर्नेछन् ।
यसका साथै “LAUNCH10” कोड प्रयोग गरेर १० प्रतिशत छुट पनि प्राप्त गर्न सकिनेछ । यो योजना स्टोर तथा अनलाइनबाट गरिने खरिदमा सीमित समयका लागि मात्रै लागू हुनेछ ।