close

अब वालेटबाट राजस्व तिर्दा बढीमा ३० रुपैयाँसम्म सेवा शुल्क लाग्ने

टेकपाना टेकपाना

असोज २३, २०७७ १७:५

अब वालेटबाट राजस्व तिर्दा बढीमा ३० रुपैयाँसम्म सेवा शुल्क लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमार्फत सरकारी कोषमा राजस्व दाखिला गर्दा सेवाग्राहीलाई लाग्ने शुल्क निर्धारण गरेको छ ।

मोबाइल वालेटमार्फत गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी व्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गर्दै बैंकले शुक्रबार एक निर्देशन जारी गरेको हाे ।

उक्त निर्देशनका अनुसार सरकारलाई बुझाउने राजस्वमा सेवा प्रदायकले पाँचदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउनेछन् ।

जसमा एक हजार रुपैयाँसम्म नि:शुल्क र एक हजारदेखि तीन हजारसम्म पाँच रुपैयाँ प्रतिकारोबार शुल्क लाग्नेछ ।

तीन हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथिको हकमा ३० रुपैयाँसम्म सेवा शुल्क लिन पाइनेछ ।

यद्यपि यो व्यवस्था भने माघ १ गतेबाट मात्र लागू हुनेछ । हालको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले पुस मसान्तसम्मका लागि नि:शुल्क रुपमा सेवा दिनुपर्ने उल्लेख गरिएको छ ।

IMG_20201009_0003

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४