close

सस्तो र धेरै फिचर भएका युमिडिजी ए सेभेन र प्रो भर्सन नेपाली बजारमा

टेकपाना टेकपाना

असोज २३, २०७७ १८:३६

सस्तो र धेरै फिचर भएका युमिडिजी ए सेभेन र प्रो भर्सन नेपाली बजारमा

काठमाडौं । युमिडिजीको दुई नयाँ फोन नेपाली बजारमा सार्वजनिक भएकाे छ । यसअन्तर्गत ए सेभेन र ए सेभेन प्रो नेपाली बजारमा भित्रिएकाे हाे ।

चिनियाँ स्मार्टफोन कम्पनी युमिडिजिको ए सेभेन प्रो भर्सन सार्वजनिक भएकाे तीन महिनापछि मात्र आफ्नो बेस मोडल बजारमा ल्याएको थियो । तर नेपालमा भने यी दुवै फोन एकैसाथ सार्वजनिक भएको छ । 

यी फोनको कुरा गर्दा ए सेभेन अर्थात् बेस मोडलको डिस्प्ले प्रो भर्सनको भन्दा ठूलो छ र मूल्य पनि न्युन रहेको छ । यसको बेस मोडलको डिस्प्ले साइज ६.४९ इन्चको एडी प्लस रेज्युलेसनको रहेको छ । तर प्रो भर्सनमा भने ६.३ इन्चकाे फूल एचडी प्लस रेज्युलेसन डिस्प्ले रहेको छ । 

यी दुवै फोनको डिजाइन एकै किसिमको भएपनि फरक कलरमा उपलब्ध छन् । दुवै फोनमा डार्क मोड र कलर टेम्प्रेचर एड्जस्टमेन्ट रहेको छ । 

यो फोनहरुको प्रोसेसरको कुरा गर्दा दुवैमा दुई वर्ष पुरानो हेलियो पी २३ प्रोसेसर रहेको छ । 

दुवै फोनको पछाडि क्वाड क्यामेरा र फिङ्गरप्रिन्ट रिडर रहेका छ भनेअगाडि वाटर ड्रप नोच रहेको छ । 

हाल नेपाली बजारमा उपलब्ध ए सेभेनमा चार जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ जसको मूल्य १५ हजार ४९० नेपाली रुपैयाँ रहेको छ ।

यस्तै ए सेभेन प्रो भर्सनको कुरा गर्दा यसमा चार जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ जसको मूल्य १७ हजार ६९० नेपाली रुपैयाँ रहेको छ ।

गेमिङ स्ट्रिमिङकाे मामिलामा ए सेभेन प्रोमा पर्फमेन्स र अनुभव ए सेभेन बेस भर्सन भन्दा राम्रो रहेको छ । 

क्यामेराको मामिलामा दुवै मोडलमा फरक क्यामेरा सेटअप रहेको छ । युमीडीजी ए सेभेन मोडलमा १६ मेगापिक्सलको मेन सेन्सर, ८ मेगापिक्सेलको वाइड एंगल, पाँच मेगा पिक्सलको डेप्थ सेन्सर र ५ मेगा पिक्सलको म्याक्रो सेन्सर रहेको छ ।

तर युमीडीजी ए सेभेन प्रोमा १६ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स, ८ मेगा पिक्सलको वाइड एंगल लेन्स रहेको छ ।

दुवै फोनमा सेल्फी क्यामेरा १६ मेगापिक्सेल रहेको छ । मेन र सेल्फी क्यामेरामा दुवै फोनले उस्तै फोटो दिन्छ, तर ए सेभेन प्रोले वाइड एंगल फोटोमा राम्रो क्वालिटी प्रदान गर्दछ ।

दुवै फोनमा ४१५० एमएएच ब्याट्री क्षमता र  १० वाटको चार्जर छ ।

दुवैमा डुअल सिम र माइक्रो एसडी कार्ड स्लट रहेका छन् । यी फाेनमा एक वर्ष र ब्याट्री चार्जरमा छ महिनाको वारेन्टी दिइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४