close

बोलेका कुरा सिधै शब्दमा उतार्न प्रयोग गर्नुहोस् गुगलको यस्तो फिचर

टेकपाना टेकपाना

असोज २४, २०७७ ११:४९

बोलेका कुरा सिधै शब्दमा उतार्न प्रयोग गर्नुहोस् गुगलको यस्तो फिचर

काठमाडौं । बोलिरहेको कुरालाई उत्तिखेरै जस्ताको तस्तै उतार्न एप स्टोर तथा प्ले स्टोरमा धेरै विकल्प छन् । तर, ती सबैजसो विकल्पका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।

त्यसैले केही सयमअघि गुगलले बोल्दा बोल्दै अथवा बोलेका कुरालाई सिधै ट्रान्सक्राइब अर्थात लेख्न सकिने टुल सार्वजनिक गरेको थियो । त्यो पनि नि:शुल्क ।

पैसा तिरेर प्रयोग गर्ने एपमा जस्तो धेरै फिचर नभएता पनि गुगलको ट्रान्सक्राइभ टुल पछिल्लो समय निकै चर्चामा रहेको छ । त्यसैले यहाँ हामी तपाईंलाई उक्त टुलको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।

यो विषयमा धेरै लामो समयदेखि गुगल डक्स प्रयोग गरिरहेका प्रयोगकर्तालाई पनि जनाकारी नभएको हुन सक्छ ।

गुगलले यो टुल गुगल डक्समा उपलब्ध गराएको छ । जसमार्फत तपाईं कुनै पनि भिडियो, अडियो अथवा लाईभ कन्फ्रेन्समा हुने कुराकानीलाई ट्रान्सक्राइब गर्न सक्नुहुनेछ ।

उक्त टुल प्रयोग गर्न यस्ताे प्रक्रिया अपनाउनु पर्नेछ

१. सुरुमा गुगल डक्स खोल्नुहोस् ।

२. त्यहाँ रहेको ‘टुल’ भन्ने अप्समा गएर ‘भ्वाइस टाइपिङ’ मा क्लिक गर्नुहोस् ।

३. त्यहाँ विभिन्न भाषाको विकल्प रहेको हुन्छ । त्यसमध्य तपाईं कुन भाषमा ट्रान्सक्राइभ गर्न चाहनुहुन्छ, छनोट गर्नुहोस् ।

४. यदि त्यहाँ देखाइएको अप्सनमा तपाईंले प्रयोग गर्ने भाषा नभएको खण्डमा त्यसको सँगै रहेको ‘माइक्रोफोन’ आईनमा क्लिक गर्नुहोस र त्यहाँबाट भाषा छनोट गर्नुहोस ।

५. यति गरेसँगै अब तपाईंले रकर्ड गर्न सक्नु हुनेछ । त्यसका लागि तपाईंले तल रहेको रेकर्डरको आइकनमा क्लिक गर्नुहोस । त्यहाँ क्लिक गर्दा उक्त माइक्रोफोनको आइकन रोतो हुनेछ ।

नोटः तपाईंले ट्रान्सक्राइब सुरु गरेपछि गुगल डक्स छोड्न पाउनु हुने छैन । यदि तपाईंले गुगल डक्सको फाइल बन्द गरेर अन्त गएको खण्डमा तपाईंको ट्रान्सक्राइब रोकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४