close

नयाँ मोबाइल टावरबाट जम्मु-काश्मिरमा सञ्चार सुविधा दिने पाकिस्तानको तयारी

टेकपाना टेकपाना

कात्तिक ४, २०७७ १४:५२

नयाँ मोबाइल टावरबाट जम्मु-काश्मिरमा सञ्चार सुविधा दिने पाकिस्तानको तयारी

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सञ्चार प्रतिबन्धित जम्मु-काश्मिर क्षेत्रमा आफ्नो टेलिकम सेवा विस्तार गर्ने तयारी गरेको खबर भारतीय मिडियाले सम्प्रेषण गरेका छन् ।

नयाँ दिल्लीस्थित एक उच्च सुरक्षा अधिकारीका अनुसार पाकिस्तानले विगत एक वर्षदेखि त्यस क्षेत्रका पुरानो टेलिकम टावरलाई विस्थापन गरी नयाँ टेलिकम टावर स्थापना गरिरहेकाे खबर हिन्दुस्तान टाइम्सले प्रकाशित गरेकाे छ ।

यस योजनाको प्रारम्भमा पाकिस्तानले काश्मिरमा घुसपैठ गरी बसेका आत‌कंवादलाई सहयोग गर्न फोन नेटवर्कलाई बलियो बनाउने उद्देश्यले उक्त मर्मतसंभारको कार्य अगाडि बढाइरहेको आशंका व्यक्त भएका थिए । तर पाकिस्तानले त्यस्तो आरोप अस्वीकार गरेको छ । 

पाकिस्तानको विदेश मन्त्रालयले गत वर्ष अगस्ट ५ देखि भारतीय सरकारले काश्मिर क्षेत्रमा लागू गरेको सञ्चार प्रतिबन्धलाई रोक्न क्षमता विस्तार गरिरहेको  बताएको छ ।

पाकिस्तानले भारत सरकार तथा सुरक्षा फौजले रोक्न नसक्ने आफ्नो दूरसञ्चार सेवा काश्मिरी नागरिकहरुले प्रयोग गर्न पाउन् भन्ने चाहन्छ । 

एकजना उच्च तहका राष्ट्रिय सुरक्षा योजनाकारले बताए अनुसार पाकिस्तानको विशेष सञ्चार संगठन एससीओ पाकिस्तान शासित काश्मिर गिलगिट बाल्टिस्टान क्षेत्रमा दूरसञ्चार सेवा प्रदान गर्न चाहन्छ ।

ती अधिकारीले एलओसी र भारतसँगको अन्तराष्ट्रिय बोर्डर लगायतका ३८ साइटका सिग्नलहरुको विश्लेषण गरेका छन् । 

उक्त विश्लेषण अनुसार जीएसएम एन्टेनालाई १८ वटा लोकेसनमा रिओरियन्ट गर्न आवश्यक छ । तबमात्र यसले आफ्नो लक्ष्य पुरा गर्न सक्छ । यद्यपि यसले एलओसी क्षेत्रमा भने कभरेजलाई घटाउने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३