close

गुगल मिटमा यसरी राख्नुहोस् आफूले चाहेजस्तै ब्याकग्राउण्ड

टेकपाना टेकपाना

कात्तिक १७, २०७७ ११:४८

गुगल मिटमा यसरी राख्नुहोस् आफूले चाहेजस्तै ब्याकग्राउण्ड

काठमाडौं । गुगल मिटले भर्खरै कस्टम ब्याकग्राउण्ड फिचर रोलआउट गरेको छ । जसबाट डेक्सटप प्रयोगकर्ताले भिडियो कलको समयमा आफ्नो ब्याकग्राउण्ड परिवर्तन गर्ने सुविधा पाउनेछन् ।

मिटले डिफल्ट तस्वीरको एउटा सूची समेत प्रस्तुत गरेको छ । जसलाई प्रयोगकर्ताले भिडियो कलको समयमा ब्याकग्राउण्डो रुपमा रोजेर सेट गर्न सक्नेछन् ।

यसमा अफिस स्पेस, ल्याण्डस्केप र एब्सट्र्याक्ट ब्याकड्रप समेत समावेश छन् । गुगलले प्रयोगकर्तालाई आफूसँग भएको तस्वीरलाई समेत ब्याकग्राउण्डको रुपमा राख्ने सुविधा दिइरहेको छ ।

यसलाई डेक्सटप प्रयोगकर्ताका तत्कालैदेखि प्रयोग गर्न सक्नेछन् । मोबाइल एप प्रयोगकर्ताले भने केही समयपछि यो फिचर प्राप्त गर्नेछन् । यो फिचर जुम र स्काइपमा भने यस अघि देखि नै उपलब्ध छ । डेक्सटपका लागि गुगल मिटमा

यसरी परिवर्तन गर्नुहोस्, ब्याकग्राउण्ड तस्वीर

निम्न तरिका अपनाएर प्रयोगकर्ताले विण्डोज तथा म्याक डिभाइसमा गुगल मिट प्रयोगका दौरान ब्याकग्राउण्ड तस्वीर बदल्न सक्नेछन् ।

  • यदि तपाईं भिडियो कलअघि नै ब्याकग्राउण्ड बदल्न चाहनुहुन्छ भने सुरुमा गुगल मिटमा जानुहोस् र मिटिङलाई छनौट गर्नुहोस् । अब त्यहाँ तल दायाँतर्फ ब्याकग्राउण्ड परिवर्तन गर्ने फिचर देख्न सक्नुहुनेछ ।
  • त्यसमा तपाईंले उपलब्ध तस्वीरलाई ब्याकग्राउण्डको रुपमा राख्ने, आफ्नो डिभाइसमा भएका तस्वीरहरु छनौट गर्ने, ब्याकग्राउण्ड ब्लर गर्ने आदि अप्सन पाउनुहुनेछ ।
  • भिडियो कलको समयमा ब्याकग्राउण्ड परिवर्तन गर्न चाहनुहुन्छ भने तल दायाँ कुनामा रहेको तीनवटा थोप्ला भएको मोर आइकनमा क्लिक गर्नुहोस् ।
  • अब तपाईंले त्यसमा चेञ्ज ब्याकग्राउण्डको अप्सन देख्न सक्नुहुनेछ । जसबाट तपाईंले उपलब्ध तस्वीरलाई ब्याकग्राउण्डको रुपमा राख्न, आफूसँग भएको तस्वीरलाई ब्याकग्राउण्ड बनाउन र ब्याकग्राउण्ड ब्लर गर्न सक्नुहुनेछ ।
  • जब तपाईं यी अप्सनलाई छनौट गर्नुहुन्छ, तब तपाईंको क्यामेरा स्वतः अन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०