close

ह्वावेको ‘मेट फोर्टी प्रो’ मा सामसङ र एलजीको डिस्प्ले

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १०:२२

ह्वावेको ‘मेट फोर्टी प्रो’ मा सामसङ र एलजीको डिस्प्ले

काठमाडौं । ह्वावेले चीनमा हालै आफ्नो नयाँ फोन ह्वावे मेट फाेर्टी सिरिज सार्वजनिक गरेको छ । अहिले यो नयाँ सिरिजको चीनमा खुब चर्चा चलिरहेको छ ।

जेडी डटकमले आफ्नो स्टोरमा फोन सार्वनजिक भएको ११ सेकेण्डमै यस सिरिजको सबै फोन बिक्री भएकाे उल्लेख गरेकाे थियाे । यसैबीच डिजिटल च्याट स्टेसनबाट प्राप्त जानकारी अनुसार ह्वावे मेट फाेर्टी प्रोको स्क्रिन सप्लायरमा सामसङ र एलजीका साथमा बीओई रहेका छन् ।

रिपोर्टका अनुसार डेभलपर अप्सनमा इरर लग भएका प्रयोगकर्ताहरुले फोनको स्क्रिन सप्लायरबारे थाहा पाउन सक्नेछन् । यसका लागि रिपोर्ट खोलेर Icd_name, सर्च गर्नुपर्नछ  । जसमा सामसङ स्क्रिनको ९०, एलजीको १०० र बीओईको १९० सफिक्स रहेका छन् । 

हालसम्म यस सिरिजको रिभ्यु सकरात्मक आइरहेका छन् । यसको ब्याट्री, चिप, क्यामेरा लगायतका कारण धेरै बिक्री भइरहेकाे छ ।

यस फोनको अन्य फिचरको कुरा गर्दा यसको प्रो मोडलमा ६. ७६ इन्चको फुल एचडी प्लस ओलेड ‍‍ ८८ डिग्री कर्भ्ड डिस्प्ले छ ।

यसको रेजुलेसन २७७२ बाई १३४४ र पी थ्री कलर गेमुट छ । यसमा ९० हर्जको रिफ्रेस रेट र टच स्याम्प्लिङ रेट २४० हर्ज रहेको छ । यसले थ्रीडी फेस रिकग्निसन र अण्डरस्क्रिन फिङ्गरप्रिन्टलाई पनि सपोर्ट गर्दछ ।

यसमा ह्वावेको किरिन ९००० फाइभजी प्रोसेसर छ । यसको प्रो भर्सनमा ८ जीबी र्‍याम र २५६ जीबीको भेरिन्यट र प्रो प्लस भर्सनमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरज छन् ।

याे फाेन ह्वावेकाे ईएमयुआई इलाभेन संस्करणसँगै एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा चल्दछ । क्यामेराको कुरा गर्दा यसमा ५० मेगापिक्सेल आरवाईवाईबी अल्ट्रा भिजन क्यामेरा छ जसमा १.९ सम्मको अपार्चर छ ।

२० मेगापिक्सलको अल्ट्रावाइड साइन क्यामेराको साथमा १.८ सम्मको अपर्चर, १२ मेगापिक्सल टेलिफोटो क्यामेरामा पाँच गुणा अप्टिकल जूम, ओआइएस, लेसर सेन्सर र एलईडी फ्ल्यास रहेका छन् । यसको फ्रन्ट क्यामेरामा १३ मेगापिक्सेल र २.४ को अपर्चर र थ्रीडी थेप्थ सेन्सर छ । 

युएसबी टाइपसी चार्जिङ पोर्ट रहेको यस फोनमा स्टेरियो स्पिकर छ । यो पानी प्रतिरोधी फाेन हाे ।२१२ ग्राम तौलको यस फोनमा ४४०० एमएएचको ब्याट्री र ६६ वाटको सुपर चार्ज र ५० वाटको वायरलेस ह्वावे चार्ज छन् । ६६ वाट ह्वावेको अहिलेसम्म सार्वजनिक सबैभन्दा धेरै क्षमता भएको फास्ट चार्जर हो ।

यद्यपि कम्पनीका वरिष्ठ कार्यकारीले ह्वावेसँग २०० वाट सम्मको फास्ट चार्जिङ प्रविधि रहेको बताएका छन् । तर हाल विकास भइरहेको स्मार्टफोन उद्योगले यति शक्तिको चार्जरलाई अनुमति नदिएको कारण यो प्रयोगमा आउन पाएको छैन । 

Huawei Mate 40 Pro

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०