close

डरलाग्दो सपना देख्नुहुन्छ ? आउँदैछ त्यसको समाधान गर्ने डिभाइस

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ ११:८

डरलाग्दो सपना देख्नुहुन्छ ? आउँदैछ त्यसको समाधान गर्ने डिभाइस

काठमाडौं । यदि तपाईं रातको समयमा डरलाग्दो सपना देख्नुहुन्छ र निन्द्रा खराब भइरहेको छ भने तपाईंका लागि एउटा खुशीको खबर छ । एप्पल कम्पनीले निन्द्रामा डरलाग्दो सपनादेखि शान्त पार्नका लागि एउटा डिभाइस तयार गरिसकेको छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन पनि यो नयाँ डिभाइसको मार्केटिङको अनुमतिका लागि सकारात्मक देखिएको छ ।

के हो त्यस्तो डिभाइस ?

यो नयाँ डिभाइसको नाम नाइटवेयर राखिएको छ । यो एक डिजिटल थेरापीको रुपमा रहेको छ । जसले नाइटवेयर सर्भरमा लगइन गरिएका एप्पल वाच तथा आईफोनको प्रयोग गर्दछ ।

एफडीएले शुक्रबार बताए अनुसार डिभाइसलाई २२ वर्ष वा त्यसभन्दा अधिक उमेरका मानिसहरुलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।

जसलाई निन्द्राको समयमा डरलाग्दो सपना देख्ने समस्याको सामना गरिरहेका छन्, उनीहरुले यो डिभाइस प्रयोग गर्न सक्नेछन् ।

कसरी गर्छ काम ?

कतिपय समय आफूले भोगेका कुनै नराम्रा घटनालाई लिएर हामी पछि गएर पनि निकै पश्चातापमा हुने गर्दछौं वा तनावमा रहने गर्दछौं । वा त्यस्ता घटनालाई लिएर हामीमा अनेक किसिमका सपनाहरु आइरहेका हुन्छन् ।

यो डिभाइसले यस्तै किसिमका हैरानीलाई कम गर्न सघाउनेछ ।  यो टचमा आधारित हुनेछ, जसले सुतिरहँदाको समयमा मुटुको धड्कन तथा गतिसँग सम्बन्धित विवरणको आधारमा एउटा मधुरो कम्पनबाट सान्त्वना दिलाउनेछ ।

पुरा रात प्रयोगकर्ता सुतिरहँदा एप्पल वाचमा रहेको सेन्सरले बडी मुभमेन्ट तथा मुटुको धड्कन मापन गरिरहन्छ । यी सबै आँकडा नाइटवेयर सर्भरसम्म पुग्दछन् ।

जसको प्रयोग गरेर डिभाइस प्रयोग गर्नका लागि एउटा युनिक स्लिप प्रोफाइल क्रियट हुन्छ । मुटुको चाल तथा शरीरको चाल आँकलन गरेर नाइटवेयरले प्रयोगकर्ताले डरलाग्दो सपना देखेको डिटेक्ट गर्छ ।

जसले एप्पल वाचको माध्यमबाट भाइब्रेसन वा कम्पनी पठाउँदछ । एफडीएले नाइटवेयरलाई चिकित्सकको प्रेस्क्रिप्सनमा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०