close

बुधबार हुने दराज ११.११ मा डिशहोम सेवा खरिद गर्दा ३ हजारसम्म छुट

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १७:१९

बुधबार हुने दराज ११.११ मा डिशहोम सेवा खरिद गर्दा ३ हजारसम्म छुट

काठमाडौं । बुधबार अनलाइन शप दराजमा ११.११ बिग सेल आयोजना हुँदैछ । अन्तराष्ट्रिय रुपमा भोलिको दिन अर्थात नोभेम्बर ११ लाई अनलाइन सपिङको विशेष दिनको रुपमा लिइँदैं आएको छ । यसको सुरुवात सन् २००९ बाट भएको थियो ।

यसैलाई मध्यनजर गर्दाै भोलि नेपालका विभिन्न ईकमर्स कम्पनीहरुले ११.११ मनाउँदै छन् । यस दिन ग्राहकले सामान खरिदमा ठूलोमात्रामा छुट प्राप्त गर्ने जनाइएको छ । यसै क्रममा नेपालमा अनलाइन विक्रिसेवा सुरु गरेको अन्तराष्ट्रिय ईकमर्स कम्पनी दराजले पनि ११.११ आयोजना गरिरहेको छ ।

यस अवसरमा दराज अनलाइन मार्फत डिशहोम कनेक्सन, डिशहोम फाइबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा तीन हजारसम्म डिस्काउन्ट पाइने भएकाे छ ।

यो योजना दराज अनलाइमा आज राती अर्थात् कार्तिक २६ गते राती १२ बजेदेखि २४ घण्टाको लागि रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०