close

गार्मिनले ल्यायो स्मार्टवाचमै गर्भावस्था ट्रयाक गर्न मिल्ने फिचर

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ २१:४६

गार्मिनले ल्यायो स्मार्टवाचमै गर्भावस्था ट्रयाक गर्न मिल्ने फिचर

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी गार्मिनले आफ्नो स्मार्टवाच तथा कनेक्ट एपमा गर्भावस्थालाई ट्रयाक गर्नसक्ने सिस्टम थप गरेको छ । उक्त फिचरले प्रयोगकर्तामा गर्भावस्थासँग सम्बन्धित लक्षणहरुलाई ट्रयाक तथा विकासलाई निरीक्षण गर्दछ । 

यस एपमा शारीरिक अभ्यासको निश्चित स्तर पुगिसकेपछि रोक्नलाई अलर्ट दिने सिस्टम पनि रहेको छ । नयाँ फिचरबाट प्रयोगकर्ताहरुले आफ्नो मुटुको धड्कन रेट अलर्ट पनि मिलाउन सक्छन् (गर्भावस्था अवस्थामा मुटुको धड्कनको रेट बढ्दछ) साथै हाइड्रेसनको लक्ष्य पनि परिवर्तन गर्न सकिन्छ ।

स्मार्टवाचमा रहेको उक्त कनेक्ट एपले प्रयोगकर्तालाई काम गरिरहेको समयमा आफ्नो मुटुको कन्ट्रयाक्सन पनि निरीक्षण गर्नसक्ने सुविधा दिएको छ । 

यसअघि गर्भावस्थामा रहेका प्रयोगकर्ताहरुले स्मार्टवाच जस्ता उपकरणहरुमा प्रेग्नेन्सी मोड नभएको भन्दै आलोचना गरेका थिए । एप्पल वाचले पनि आफ्ना प्रयोगकर्ताहरुलाई दैनिक एक्टिभिटी रिङको नजिक पुग्दा अलर्ट दिँदै आइरहेको छ ।   

२०१३ मा विद्युतीय उपकरण निर्माणकर्ता कम्पनी फिटबिटलाई पनि उसको फिचर सल्लाहकार बोर्डले स्मार्टवाचमा प्रेग्नेन्सी सेटिङ राख्न सल्लाह दिइएको थियो ।

दुवै एप्पल र फिटबिटले महिनावारी साइकललाई ट्रयाक गर्ने फिचर त प्रदान गरे । यद्यपि प्रेग्नेन्सीलाई ट्रयाक गर्ने फिचर भने विकास हुन सकिरहेको थिएन । 

विदिङ्समा गर्भावस्था ट्रयाकर थियो, जसले स्मार्ट स्केलमा काम पनि गरिरहेको थियो । प्रयोगकर्ताहरुले गर्भावस्थामा बढेको तौललाई निरीक्षण गर्न सक्थे । 

तर गार्मिनको गर्भावस्था ट्रयाकर फिचरका कारण प्रयोगकर्ताहरुले उक्त स्मार्टवाचलाई प्रयोग गरिरहन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०