काठमाडौं । बलिउड फिल्म ‘सुरज पे मंगल भारी’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । बलिउड चलचित्र पे पर भ्यू अर्थात हरेक शो पैसा तिरेर हेर्न मिल्ने गरी डिशहोमले यो फिल्म प्रसारण गर्ने भएको हो ।
कार्तिक ३० गते रिलिज हुने उक्त चलचित्र सिनेमाघर इन्टरनेसनल च्यानल नं. ९९९ मा दैनिक ६ शोमा चल्नेछ । कम्पनीका अनुसार उक्त फिल्म डिशहोम प्रयोगकर्ताले बिहान ७ र १० बजे, दिउँसो १ र ४ बजे तथा साँझ ७ र राती १० बजे हेर्न सक्नेछन् ।
चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न, आईभिआर नं. ९८०११९०९९० मा फोन गरेर प्राप्त निर्देशन अनुसार सजिलै खुलाउन सकिने छ । यसका साथै डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१४२१७६६६ मा कल गरेर, टोल फ्रि नं. १६६००१२२००० मा फोन गरेर पनि फिल्म खुलाउन सकिने छ ।
यसैगरी MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको शो टाइम (शो सुरु हुने समय) लेखेर एसएमएस पठाएर तथा नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने छ ।