टेकपाना
कात्तिक २९, २०७७ ७:५८
काठमाडौं । विश्व मिम्स दिवसको अवसरमा मेडक्याजम नेपालले आयोजना गरेको मिम्स प्रतिस्पर्धामा पंकज ढकाल प्रथम भएका छन् ।
कलेज अफ मेडिकल साइन्स भरतपुरका विद्यार्थी पंकजको चार मिनेट ३५ सेकेण्डको मिम्स भिडियोले इन्स्टा र फेसबुक दुवै तर्फका प्लेटफर्ममा जीत हासिल गरेको हो ।
उक्त प्रतिस्पर्धामा मेडिकल लगायत विभिन्न फ्याकल्टीमा अध्ययनरत १५० जना विद्यार्थीहरुले सहभागिता जनाएको मेडक्याजम पेजका एडमिन विश्वराज अधिकारीले बताए ।
विजेता ढकालले पुरस्कार स्वरुप मेडकाज्मको तर्फबाट टीसर्ट, कप, क्याँस प्राइज र सबै स्पोन्सरबाट आफ्नो पेजमा फिचर हुने अवसर पाएका छन् ।
पंकजको उक्त भिडियोले पाएको सर्वाधिक लाइक, कमेन्ट र शेयरको आधारमा उनी विजयी बनेको एडमिन अधिकारीले बताए ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०