close

विण्डोज टेनको पासवर्ड समस्याको अस्थायी समाधान, यसरी गर्नुहोस् एक्टिभेट

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १०:१

विण्डोज टेनको पासवर्ड समस्याको अस्थायी समाधान, यसरी गर्नुहोस् एक्टिभेट

काठमाडौं । माइक्रोसफ्टले विण्डोज टेनमा रहेको एउटा बगको समस्या तत्कालका लागि समाधान गरेको बताएको छ । उक्त बगका कारण विण्डोज टेनमा कुनै पनि सफ्टवेयरले प्रयोगकर्ताको अकाउन्ट सेभ गर्न नसेकेको र लगइन गर्दा प्रत्येक पटक प्रयोगकर्ताले युजरनेम तथा पासवर्डको रिइन्टर गर्नु पर्ने बाध्यता रहँदै आएको थियो । 

उक्त बगका कारण वेब ब्राउजरमा भएको सबै कुकिज डिलिट हुने गरेको थियो । वेबसाइटले लगइन भएको क्रेडेन्सियल स्मरण गर्न सक्दैन थियो र प्रयोगकर्तालाई बिस्पोक सामाग्री प्रदान गर्दै आइरहेको थियो । 

गत अप्रिलमा सार्वजनिक भएको पहिलो रिपोर्टका अनुसार उक्त समस्या विण्डोज टेनको भर्सन २००४ का निश्चित मोडलहरुमा थियो । यसले आउटलुक, क्रोम, एज, वान ड्राइभ र अन्य केही एप्लिकेसनलाई मात्र असर पुर्‍याएको थियो । 

यसरी गर्नुहाेस् एक्टिभसेसन

माइक्रोसफ्टले ल्याएको अस्थायी सेक्युरिटी प्याचलाई प्रयोग गर्न सबैभन्दा पहिले स्टार्ट मेनुमा राइट क्लिक गर्नुहोस् । त्यसपछि विण्डोज पावरसेल (एडमिन) सेलेक्ट गरेर निम्न कमाण्ड इन्ट्री गर्नुहोस् । 

“Get-ScheduledTask | foreach { If (([xml](Export-ScheduledTask -TaskName $_.TaskName -TaskPath $_.TaskPath)).GetElementsByTagName(“LogonType”).’#text’ -eq “S4U”) { $_.TaskName } }”

यदि कुनै टास्क पावरसेल विण्डोजमा सूचीकृत हुन्छ भने त्यसलाई नोट गरेर राख्नुहोस् र टास्क सेडुलर एप लन्च गर्नुहोस् । आवश्यक टास्कलाई लोकेट गरेपछि त्यसलाई राइट क्लिक ड्रप डाउन मेनुबाट डिजेबल गर्नुहोस् ।

अब प्रभावित डिभाइसलाई रिस्टार्ट गरेर हेर्नुहोस्, तपाईंको समस्या समाधान भइसकेको हुनेछ । तर माइक्रोसफ्टले यो समस्याको पूर्णकालीन समाधान कहिले खोज्छ भन्ने कुरा भने स्पष्ट भएको छैन ।

–   टेकराडरबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०