काठमाडौं । नेपालकै पुरानो केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले लक्ष्मी फिल्मको प्रिमियर शो गर्ने भएको छ । कम्पनीले क्लियर टिभीमार्फत १६ नोभेम्बरमा हिन्दी चलचित्र लक्ष्मीको प्रिमियर शो सञ्चालन गर्ने भएको हो ।
क्लियर टिभीले च्यानल नं १११ (एचडी) र ११२ (एसडी) मार्फत मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर शोबाट गर्नेछ । यो च्यानल मार्फत कम्पनीका ग्राहकले उक्त फिल्म आफ्नै घरमा बसेर हेर्न सक्नेछन् ।
कम्पनीले भविष्यमा थप फिल्महरु समेत ल्याउने जनाएको छ । फिल्म हेर्नका लागि आफ्नो नजिकैको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्नुपर्नेछ ।
साथै कम्पनीको वेबसाइटबाट फिल्म तथा सेवा सम्बन्धी थप जानकारी लिन सकिनेछ । विद्यमान परिस्थितिमा हलमा गएर फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जनलाई प्राथमिकता दिँदै कम्पनीले यो सेवा सुचारु गरेको हो ।
सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपीएलएस भीपीएनएस, एमभीपी डेटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन उपलब्ध गराउँदै आएको छ । क्लियर टिभी सुबिसुकै आईपीटिभी सेवा हो ।