close

दराज ११.११ ले पुराना रेकर्ड तोडेको कम्पनीको दाबी

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १६:३९

दराज ११.११ ले पुराना रेकर्ड तोडेको कम्पनीको दाबी

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको बताएकाे छ । ११.११ सुरू भएको पहिलो घण्टाभित्र दराजले २.५२ करोडको बिक्री दर्ता गरेकाे जानकारी दिएकाे छ । कम्पनीकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार याे गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।

अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति रहेकाे र ७ हजारभन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भए । वालेट र कार्ड मार्फत गरिने अनलाइन पेमेन्टमा पनि गत वर्षभन्दा बढेकाे जानकारी दिँदै दराजले पुरा बिक्रीमध्ये ४५ प्रतिशत वालेट र कार्डबाट भएकाे उल्लेख गरेकाे छ ।

कम्पनीका अनुसार यसपालीको ११.११ मा गत वर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो। अभियानको उल्लेखनीय हाइलाइटहरूमध्ये पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो।

मुलुकको चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेको कम्पनीले खुसी व्यक्त गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०