close

मोबाइल एपबाटै एनएमबी बैंकको खाता खोल्ने सुविधा, पहिलो कारोबारमा क्यासब्याक पाइने

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १७:१६

मोबाइल एपबाटै एनएमबी बैंकको खाता खोल्ने सुविधा, पहिलो कारोबारमा क्यासब्याक पाइने

काठमाडौं । एनएमबी बैंकले सामाजिक सञ्जाल फेसबुक र भाइबरका साथै बैंकको एप ‘एनएमबि ई-एप’ मार्फत खाता/मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।

यो सेवा अन्तर्गत ग्राहकले चौबिसैं घण्टा र सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुने बैंकले जनाएकाे छ ।

बचत खाता एनएमबीको सोसल अनबोर्डिङ अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डको साथ कारोबारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन पाँच हजार रूपैयाँसम्म हुने व्यवस्था गरिएको छ ।

ग्राहकले पहिलो पटकको कारोबारमा ई-एनएमबी एपको माध्यमबाट पाँच सय रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेशा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०