close

फोनमा कुन एपले के डेटा संकलन गरिरहेको छ, यसरी लिनुहोस् जानकारी

टेकपाना टेकपाना

मंसिर १३, २०७७ ११:११

फोनमा कुन एपले के डेटा संकलन गरिरहेको छ, यसरी लिनुहोस् जानकारी

काठमाडौं । मोबाइमा दर्जनौं एपहरु हुँदा कुन एपले कुन कुन कुराको परमिसन लिएको छ भन्ने कुरा हामीलाई यकिन नहुन सक्छ । त्यसैले आफूलाई विश्वास लाग्ने एपले मात्रै तपाईंको महत्वपूर्ण डेटाको एक्सेस पाओस भन्ने कुरा निश्चन्त हुन जरुरी छ ।

त्यसका लागि तपाईंले ‘एन्ड्रोइड बियुल्ट–ईन परमिसन म्यानेजर’ को मद्दत लिन सक्नुहुनेछ । तर, त्योभन्दा अघि तपाईंले यो विषयको जानकारी लिन जरुरी छ कि तपाईंले प्रयोग गर्ने एन्ड्रोइड फोन एन्ड्रोइड टेन र त्योभन्दा माथिको एन्ड्रोइडमा चलिरहेको छ ।

यदि तपाईंको फोन एन्ड्रोइड टेन र त्योभन्दा माथिको एन्ड्रोइडमा चलिरहेको छ भने कुन एपले तपाईंको कुन डेटामा एक्सेस लिइरहेको छ भनेर पत्ता लगाउन सक्नुहुनेछ र आवश्यकता अनुसार नियन्त्रर्ण पनि गर्न सक्नुहुनेछ ।

त्यसका लागि सुरुमा मोबाइल रहेको गियर आइकन अर्थात सेटिङमा क्लिक गर्नुहोस् ।

Visit Settings app on Android


सेटिङको भित्र तपाईंले ‘एप्स एण्ड नोटिफिकेशन’ भन्ने अप्सन पाउनुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।

Navigate to Apps and Notifications in Android settings

अब त्यसको भित्र रहेको ‘एडभान्स’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । एड्भान्स भित्र तपाईंले ‘परमिसन म्यानेजर’ भन्ने अप्सन पाउनुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।

Go to permission manager on Android


एन्ड्रोइड फोनमा कम्पनी अनुसार सेटिङको लेआउट फरक फरक हुने भएकाले कतिपय अवस्थामा तपाईंले यहाँ उल्लेख गरे अनुसार नै अप्सन नपाउन सक्नुहुनेछ । त्यसमा तपाईंले सेटिङको माथि रहेको सर्च बारमा गएर ‘परमिसन म्यानेजर’ गर्न सक्नुहुनेछ ।

Search for permission manager in Android settings


परमिसन म्यानेजरको भित्र तपाईंले कुन एपले कुन कुराको एक्सेस लिइरहेको छ भनेर देखाउनेछ । जसमा फोन कल, रेकर्डिङ, लोकेशन, फोन नम्बर, माइक्रोफोन, एसएमएस लगायतका हुनेछन् । उक्त अप्सनभित्र कतिओटा एपले उक्त एक्सेस लिइरहेका छन भनी देखाउने छ ।

Permission manager on Android

जब तपाईंले त्यसमा क्लिक गर्नुहुनेछ । त्यसभित्र तपाईंले कुन कुन एपले एक्सेस लिइरहेका छन् र कतिलाई एक्सेस दिइएको छैन भन्ने कुरा देख्न सक्नुहुनेछ ।

Manage permission access on Android

यदि त्यहाँ तपाईंलाई कुनै एपले यो एक्सेस प्राप्त गर्नुहुँदैन भन्ने लागेको खण्डमा तपाईंले उक्त एपमा क्लिक गरी त्यहाँ उपलब्ध हुने ‘डिनाइ’ अप्सनमा क्लिक गर्न सक्नुहुनेछ ।

Deny an app permission on Android

एन्ड्रोइड फोनमा उपलब्ध भएको सिस्टम एपले पनि तपाईंको विभिन्न डेटामा एक्सेस लिइरहेको हुन्छ । त्यस्तो जानकारी एन्ड्रोइडले त्यहाँ उपलब्ध गराउने छैन । त्यस्तोमा तपाईंले एपमा क्लिक गरेसँगै मोबाइलको दायाँ साइडको माथि देखिने ‘थ्री डट’ आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ ‘शो सिस्टम’ भन्ने अप्सन देखिनेछ। त्यसमा क्लिक गर्नुहोस् ।

Show system apps in permission manager

कतिपय त्यस्ता एपको लागि त्यस्ता एक्सेस अनिवार्य भएकाले तपाईंले एक्सेस डिनाइ गर्न नसक्ने हुन सक्छ ।

Google Play Services Physical Activity permission

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०