close

मोबाइलमा ब्याट्री टिक्दैन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १३, २०७७ २०:५२

मोबाइलमा ब्याट्री टिक्दैन ? यसो गर्नुहोस्

कमल धिताल/
मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग भइसकेको छ । मोबाइलले गर्दा हाम्रो जीवनयापन सहज भएको छ । तर यही मोबाइलमा ब्याट्री न टिक्दा हामी समय समयमा अप्ठ्याराेमा पर्ने गर्छ ।  आउनुहोस् आफ्नो मोबाइलमा ब्याट्री चाँडै किन सकिन्छ र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी लिउँ ।

मोबाइलमा ब्याट्री सकिने विभिन्न कारण हुन सक्छ । सधै चलिरहने एप्लिकेशनहरु जसले धेरै ब्याट्री खर्च गर्छ, जस्तै हामी सबैको फेसबुक एप्स प्राय: अटो स्टार्टमा हुन्छ ।

जसले तपाईंको फोनको ब्याट्री खपत गरिरहेको हुन्छ । यस्ता धेरै एप्स हुन्छ जुनले गर्दा तपाईंको फोनको ब्याट्री चाँडै सकिन्छ  । 

यसलाई तपाईं आफ्नो फोनको सेटिङ्गमा गएर कुन एप्सले कति ब्याट्री खर्च गरेको छ, सोको जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

ब्याट्री लामो समयसम्म टिकाउन के गर्न सकिन्छ ? 

. फोनलाई लामो समय सुरक्षितसँग प्रयोग गर्नका लागि सधै फोन को चार्ज १० देखि २० प्रतिशत हुँदा चार्जमा राख्ने गर्नुपर्छ अनि ९० प्रतिशत भएपछि मात्र निकालेर पुन: प्रयोग गर्नुपर्छ जसले फोनको ब्याट्रीलाई सुरक्षित राख्नुका साथै लामो समयसम्म टिकाउ बनाउँछ। फोनलाई कहिले पनि ८५ वा ९० प्रतिशतभन्दा बढी चार्ज गर्नु हुँदैन ।

 २. लामो समयसम्म फोनलाई चार्जमा राखी रहनु हुँदैन, जसले ब्याट्रीको क्षमता घटाई फोन तात्ने र ह्याङ्ग हुने जस्ता समस्याहरु निम्त्याउँछन्, त्यसैले फोनलाई सधै फुल चार्ज गरिसकेपछि निकालेर प्रयोग गर्नुपर्छ र फोनको चार्ज सकेसम्म ४० देखि ८० प्रतिशतको बीचमा राख्नुपर्छ।

३. क्लाउड स्टोरेजको बानीले पनि तपाईंको फोनलाई छिटो र छरितो बनाउने गर्छ। क्लाउड स्टोरेज मतलब तपाईंको डेटा फोनमा नराखेर गुगलको डेटा स्टोरेजमा लगेर राख्ने जसले फोनको स्पेस बढाउनुका साथै छिटो र छरितो रुपमा डेटा ब्याकअप पनि गर्ने गर्छ, जसले गर्दा तपाईंको फोन छिटो र छरितो हुने गर्छ ।

४. फोनमा सधैं स्वचालित ब्राइटनेसको विकल्प राख्नुहोस् । यसले स्वचालित रूपमा बाह्य प्रकाशको हिसाबले स्क्रिनको चमक कम गर्दछ। यसले ब्याट्री मात्र बचत गर्दैन, तपाईंको आँखा पनि सुरक्षित राख्दछ।

५. फोनको थिमलाई डार्क मोडमा राख्नुहोस् । धेरै फोनले आजकल डार्कमोड प्रदान गर्दछ । एमोलेड डिस्प्लेको साथ, डार्क मोडमा ब्याट्रीको खपत धेरै कम हुने हुँदा यसले तपाईंको फोनमा ब्याट्री टिकाउन सहयोग गर्छ । तर माथिका विकल्प आईपीएस वा एलसीडी स्क्रिन भएका मोबाइलमा लाभदायक छैनन् ।

६. फोनको सेटिङ्समा गएर सबै एप्सहरूकै ब्याट्री अप्टिमाइजेसन अन गर्नुहोस् । अत्यावश्यक बाहेक सबै एप्स अप्टिमाइजेसनलाई अन गर्नुहोस् ।

. लोकेसन र ब्लुटुथ बन्द राख्नुहोस् र आवश्यक परेको बेला मात्र अन गर्नुहोस् ।

८. चार्ज हुँदा फोन प्रयोग नगर्नुहोस्। त्यसो गर्नाले तपाईंको ब्याट्री चाँडै बिगार्न सक्छ । कतिपय फोन ब्याट्री चार्ज गर्दा पड्किएका समाचारहरू पनि आउने गर्छ त्यसैले फोन चार्जमा हुँदा यसको प्रयोग नगर्नुहोस् ।

. बारम्बार फोन चार्ज नगर्नुहोस्। एक पटक फोन चार्ज गर्नुहोस् र त्यसपछि  ब्याट्री सेभर सक्रिय नभएसम्म चार्जमा नराख्नुहोस । बारम्बार चार्ज गर्दा ब्याट्रीको आयु चाँडै सकिन्छ ।

१०. फोनमा कुनै मेमोरी क्लिनर एप्स वा एन्टिभाइरस एप्स नराख्नुहोस् । मेमोरी क्लिनर एप्सहरू र एन्टिभाइरस एप्सहरू सधैं ब्याक ग्राउन्डमा चल्दछन् । त्यसैले यी एप्सले चार्ज धेरै खपत गर्दछ। यस्ता एप्लिकेसनको जति फाइदा हुन्छ त्यति नै बेफाइदा पनि हुन्छ ।

यदि तपाईंले प्ले स्टोर, एप्स स्टोर वा अफिसियल स्टोरबाहेक अन्य स्रोतबाट एप्स डाउनलोड गर्नुभएन भने एन्टिभाइरसको आवश्यकता पर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०