close

क्लियरिङ हाउसमार्फत ४ महिनाको सरकारी डिजिटल कारोबार १५५ अर्ब

टेकपाना टेकपाना

मंसिर १३, २०७७ २२:१३

क्लियरिङ हाउसमार्फत ४ महिनाको सरकारी डिजिटल कारोबार १५५ अर्ब

काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले चालू आर्थिक वर्षमा कात्तिक मसान्तसम्म आफ्नो डिजिटल प्रणाली मार्फत् करिब १५५ अर्ब रुपैयाँ बराबरकाे सरकारी कारोबार गरेकाे छ ।

काेभिडकाे समयमा डिजिटल काराेबारमा उल्लेख्य वृद्धि गरिरहेकाे कम्पनीले पछिल्लाे चार महिनाकाे भुक्तानी कारोबार प्रगति प्रस्तुत गरेको हो ।

अढाई वर्षदेखि ‘फास्टर पेमेन्ट सिस्टम’को नाममा कनेक्ट आईपीएस सुरू भएपछि डिजिटल काराेबारमा एनसीएचएलले छलाङ मारेकाे छ ।

गत वर्ष कम्पनीले आफ्नो विभिन्न सिस्टम अन्तर्गत ९६ खर्ब बराबर कारोबार गरेकाे थियो । तर यो आर्थिक वर्षमा चार महिनामै झण्डै ३६ खर्बकाे हारहारीमा काराेबार भएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए ।

शनिबार आयोजित डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै उनले भने, ‘पछिल्लो ४ महिनाको अवस्था हेर्दा गत वर्षको यही अवधिभन्दा १० गुणा बढी कारोबार भएकाे छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०