close

विज्ञापन नियमनका लागि पहिलो पटक बोर्ड गठन

टेकपाना टेकपाना

मंसिर १५, २०७७ १७:४०

विज्ञापन नियमनका लागि पहिलो पटक बोर्ड गठन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड गठन गरेको छ । नेपालको समग्र विज्ञापन बजारका लागि नीति निर्माण एवं नियमन गर्ने उद्देश्यले सरकारले उक्त बोर्ड गठन गरेको हो ।

बोर्ड सदस्यमा राजधानी दैनिक प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई नियुक्त गरिएकाे छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए ।

बोर्डको अध्यक्ष प्रतिस्पर्धाका आधारमा नियुक्त गरिनेछ । ९ सदस्य रहने समितिमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था रहेको छ ।

यता, बाेर्डमा आफ्नो प्रतिनिधित्व नगराएकोमा विज्ञापन संघले भने आपत्ति जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०