close

इन्टरनेट प्रयोगमा लैगिंक असमानता, यस्तो छ नयाँ तथ्याङ्क

टेकपाना टेकपाना

मंसिर १७, २०७७ ८:२६

इन्टरनेट प्रयोगमा लैगिंक असमानता, यस्तो छ नयाँ तथ्याङ्क

काठमाडौं । इन्टरनेट पहुँचका आधारमा विकासशील देशमा लैगिंक असमानता बढी रहेको पाइएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आईटीयू) ले हालै जारी गरेको ‘मेजरिङ डिजिटल डेभलपमेन्ट फ्याक्ट एण्ड फिगर २०२०’ प्रतिवेदन अनुसार इन्टरनेटमा लैगिंक असमानता विकासशील देशमा बढी रहेको छ ।

आईटीयूका अनुसार हाल विश्वको कुल जनसंख्यामध्ये ५१ प्रतिशतमा इन्टरनेटको पुहँच रहेको छ । भने, विश्वको कुल पुरुष जनसंख्यामध्ये ५५ प्रतिशतमा इन्टरनेट पहुँच पुगको छ । साथै कुल महिला जनसंख्याको ४८ प्रतिशतमा इन्टरनेट पुगेको उल्लेख गरिएको छ ।

त्यसमध्ये विकसित मुलुकमा सबैभन्दा बढी इन्टरनेट पुहँच पुगेकाे छ । विकसित मुलुकका ८८ प्रतिशत पुरुष र ८६ प्रतिशत महिलामा इन्टरनेट पुहँच रहेको छ । भने, विकासशील देशमा ४९ प्रतिशत पुरुष र ४० प्रतिशतमात्रै महिलाको पहुँचमा इन्टरनेट रहेको उल्लेख गरिएको छ ।

कम विकसित मुलुकमा २२ प्रतिशत पुरुष र १५ प्रतिशत महिलाको पुहँचमा इन्टरनेट पुगेकाे प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका अनुसार सबैभन्दा बढी युरोपका ८५ प्रतिशत पुरुष र ८० प्रतिशत महिलामा इन्टरनेटको पहुँच रहेको छ । त्यस्तै अमेरिकी मुलुकमा पुरुषकाे तुलनामा महिला इन्टरनेको पहुँचमा छन् ।

अमेरिकी मुलुकमा ७७ प्रतिशत महिलामा र ७६ प्रतिशत पुरुषमा इन्टरनेट पहुँच रहेको उल्लेख गरिएको छ । तर, अफ्रिकी मुलुकमा भने ठूलो लैंगिक असमानता देखिएको छ । ३७ प्रतिशत पुरुष इन्टरनेटको पहुँचमा हुँदा जम्मा २० प्रतिशत महिला इन्टरनेटको पहुँचमा रहेका छन् ।

प्रतिवेदनमा एशियामा ४८ प्रतिशत पुरुष र ४१ प्रतिशत महिलामा इन्टरनेटको पहुँच रहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०