close

पृथ्वीको जुनसुकै कुनामा २ घण्टाभित्रै पुग्न सक्ने विमानको चीनमा परीक्षण

टेकपाना टेकपाना

मंसिर १७, २०७७ २१:९

पृथ्वीको जुनसुकै कुनामा २ घण्टाभित्रै पुग्न सक्ने विमानको चीनमा परीक्षण

काठमाडौं । चिनियाँ वैज्ञानिकहरुले प्लेन इन्जिन बनाएका छन् । सो इन्जिनलाई उनीहरुले रिभोल्युसनरी प्लेन इन्जिन नाम दिएका छन् । यो विमानमा प्रयोग भएको इन्जिनले यसलाई दुई घण्टाभित्रै विश्वको जुनसुकै कुनामा पुर्‍याउन सक्ने निर्माण टोलीको दाबी छ ।

बेइजिङस्थित एउटा हाइपरसोनिक वाइण्ड टनलमा गरेको प्रोटोटाइपको परीक्षण फ्लाइटमा थ्रस्ट, इन्धन बचत र अपरेसन स्टाबिलिटीको आधारमा यसको पर्फमेन्स एकदमै अतुलनीय पाइएको थियो । 

सो विमानको इन्जिनले रियुजेबल ट्रान्स- एटमोसफियरिक प्लेनको रुपमा समेत काम गर्दछ । एयरपोर्टको रनवेबाट यो ठाडो टेकअफ गरेर पृथ्वी कक्षबाट यात्रा गरी पुन: पृथ्वी सतहमा रहेको आफ्नो गन्तव्यको एयरपोर्टमा झर्ने वैज्ञानिकहरुले बताएका छन् । 

हाल यो परियोजनालाई चाइनिज एकाडेमी अफ साइन्सका प्राध्यापक जियाङ जोङलिनले नेतृत्व गरिरहेका छन् । 

इन्जिनको डिजाइनको कुरा गर्दा यो एकदमै सामान्य छ । यसमा तीन तत्वहरु छन् । हलचल गर्ने कुनै पुर्जा यसमा छैनन् । जसमा एउटा स्टेज एइर इनलेट, हाइड्रोजन फ्युल इन्जेक्टर र अर्को कम्बसन च्याम्बर रहेका छन् । 

जियाङको टिमले उक्त इन्जिनलाई शक्तिशाली वाइण्ड टनलमा राख्दा त्यसले फ्लाइन्टको गतिलाई ध्वनीको गतिभन्दा नौं गुणा बढि गति प्रदान गरेको थियो । 

उच्च गतिको हावाले इनलेटलाई हान्दा यसले सक वेब उत्पन्न गराउँछ, जसमा एकदमै धेरै तापक्रम र प्रेसर हुन्छ । त्यो सक वेबले कम्बस्टरभित्रको हाइड्रोजन इन्धनसँग मिलेर एउटा विस्फोटन पैदा गर्दछ, जसले इन्जिनलाई अगाडि धकेल्छ । 

जब इन्जिन बल्छ, तब कम्बस्टन च्याम्बरको मुख स्टार वार स्पेशसिप जसरी बल्ने रिसर्च टिमले दिएको भिडियो फुटेजमा देखिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०