close

पुरानो ल्यापटप लामो समयसम्म चलाउन अपनाउनुहोस् यी ६ स्मार्ट टिप्स

टेकपाना टेकपाना

मंसिर १७, २०७७ २२:३०

पुरानो ल्यापटप लामो समयसम्म चलाउन अपनाउनुहोस् यी ६ स्मार्ट टिप्स

काठमाडौं । तपाईंको विण्डोज ल्यापटप पुरानो भएको छ भने त्यसलाई विस्थापन गर्नु राम्रो विकल्प होइन । ल्यापटपको लुक्सले मात्रै खुसी भएर पक्कै पुग्दैन । यसकाे पर्फमेन्स स्लाे भयाे भने सबैभन्दा चिन्ता तपाईंलाई नै हुने हाे ।

यसर्थ ल्यापटपलाई दीर्घायु बनाउने इच्छा छ भने तपाईंले केही हार्डवेयरलाई विस्थापन तथा सफ्टवेयरको मेन्टेनेन्स गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंको यो काम आर्थिक मितव्ययी मात्रै होइन, वातावरणमैत्री पनि बन्नेछ ।

१.  एसएसडी अर्थात् सोलिड स्टेट ड्राइभ हाल्नुहोस् 

कहिलेकाँहिँ मेकानिकल हार्ड ड्राइभले ठूलो कार्यभार उठाउनुपर्ने हुन्छ र त्यस्तो बेला कम्प्युटरको अन्य जिम्मेवारी थेग्ने गरी यो मज्जाले घुम्न सक्दैन । त्यस्तो बेला आफ्नो डीभीडी ड्राइभ निकाली दिनुहोस् र त्यसलाई सोलिड स्टेट ड्राइभ एसएसडी राखिदिनुहोस् ।

त्यसपछि तपाईंको ल्यापटपले राम्रो काम गर्न थाल्नेछ । अनि पुरानो ड्राइभमा गेम, भिडियो, र फोटोहरु स्टोर गर्न प्रयोग हुन सक्छ । 

सोलिड स्टेट ड्राइभमा फ्ल्यास मेमोरीको प्रयोग हुन्छ यो टिपिकल मेकानिकल हार्ड ड्राइभको हिस्साभन्दा कम भोलाटाइल हुन्छ । 

तपाईंलाई २.५ इन्चको सोलिड स्टेट ड्राइभ आवश्यक पर्दछ, जुन ५०० जीबी सामसङ इभो जस्तो हुन्छ । यसलाई तपाईंले अप्टिकल ड्राइभको ठाउँमा राख्न सक्नुहुन्छ । 

हार्डड्राइभ राखिसकेपछि विण्डोज इन्स्टल गर्न तपाईंले यसलाई फर्म्याट गर्नुपर्छ । अप्टिकल बे क्याड्डीमा भएको एसएसडीले अपरेटिङ सिस्टमलाई होस्ट गर्दछ । तपाईंको पुरानो हार्ड ड्राइभले भने शुद्ध स्टोरेजको रुपमा काम गर्नेछ । 

तर यदि ल्यापटपले सेकेण्डरी ड्राइभबाट विण्डोज बूट गर्न दिएन भने बीआइओएस मेनुबाट लिगेसी बूट टर्न अन गर्नुहोस् । 

२. अर्को र्‍याम थप गर्नुहोस् 

कुनै कुनै ल्यापटपमा तपाईंलाई चाहिए जति मेमोरी थप गर्न सकिन्छ । यदि तपाईं वर्ड प्रोसेसिङ र वेब ब्राउजिङ मात्र गर्ने हो भने ८ जीबीको र्‍याम तपाईंका लागि काफी छ ।

तर यदि तपाईं र फोटोलाई सम्पादन गर्न, एडोब अडिसन जस्ता एपमा अडियो उत्पादन तथा सम्पादन गर्न चाहनुहुन्छ भने तपाईंको ल्यापटपलाई सहज बातावरणमा प्रोग्राम प्रोसेस गर्न १६ जीबीसम्मको र्‍यामको खाँचो पर्दछ । 

तर तपाईंको ल्यापटपलाई कस्तो र्‍याम सुहाउँछ, त्यो चेक गर्नुहोस् । उदाहरणका लागि पुराना डेल ल्यापटपलाई डीडीआर टु र्‍याम ठीक हुन्छ भने २०१५ पछिका डेलहरुका लागि डीडीआर थ्री उपयुक्त हुन्छ । 

३. विण्डोज रिइन्स्टल गर्नुहोस् 

सुस्त चल्ने आफ्नो पुरानो ल्यापटपसँग दिक्क हुनुहुन्छ भने नयाँ विण्डोज इन्स्टल गरेर ताजा सुरुवात गर्नुहोस् । तपाईंले आफ्नो चलाइरहेको विण्डोजको भर्सनलाई रिसेट गर्न सक्नुहुन्छ । यसबाहेक यसलाई पुरै नयाँ रिइन्स्टल पनि गर्नसक्नुहुन्छ ।

विण्डोजलाई रिसेट गर्दा तपाईंको फाइलहरु सुरक्षित हुने अप्सन दिइन्छ, तर तपाईंको ल्यापटपसँग इन्स्टल नभएका सबै एप मेटिएर जान्छन् । तर विण्डोज रिइन्स्टल गर्दा तपाईंले रिसेटमा भन्दा धेरै अप्सन पाउन सक्नुहुन्छ ।

तर जुनै उपाय रोजे पनि तपाईंले आफ्नो फाइल, फोल्डर तथा डेटाहरुलाई ब्याकअप गर्न भने कहिल्यै नबिर्सनुहोस् ।

सेटिङभित्र अपडेट एण्ड सेक्युरिटीलाई सेलेक्ट गरेर विण्डाेज रिसेट गर्न सक्नुहुन्छ । रिकोभरीको मुनी तपाईंलाई पीसी रिसेट गर्ने अप्सन दिइन्छ त्यसलाई सेलेक्ट गरेर स्टार्ट गर्नुहोस् । त्यसपछि विण्डाेज आफैँ प्रोसेसमा रन हुन्छ । 

तर यदि तपाईंले विण्डोजलाई रिइन्स्टल गर्ने सोच निर्णय लिनुभयो भने तपाईंको भर्सनको सिरियल नम्बर छ र त्यो कतै लेखिएको छ भन्ने कुराको सुनिश्चित गर्नुहोस् । धेरै जसो यो ल्यापटपको तलतिर टाँसेर राखिएको हुन्छ ।

त्यसपछि विण्डोज इन्स्टलेसन प्याकेज माइक्रोसफ्टको डाउनलोड साइटबाट डाउनलोड गरी एक्सटर्नल स्टोरेजलाई छुट्याउनुहोस् । तपाईंले कम्तिमा ८ जीबी स्पेस भएको फ्ल्यास ड्राइभ वा युएसबी कनेक्ट भएको हार्ड ड्राइभ प्रयोग गर्नसक्नुहुन्छ ।

त्यो एप डाउनलोड भइसकेपछि त्यसलाई लन्च गर्नुहोस् र कृएट इन्स्टलेसन मिडिया फर अनोदर पीसी सेलेक्ट गर्नुहोस् । यो एपले तपाईंको अपरेटिङ रिफ्रेसको लागि इन्स्टल प्याकेज कृएट गर्न फर्वाड प्रोम्प्ट दिन्छ । 

यो तयार भइसकेपछि फाइल एक्स्प्लोरर ओपन गरी इन्स्टलेसन मिडिया सहित ड्राइभ सेलेक्ट गर्नुहोस् । सेटअप. एक्सला२ डबल क्लिक गर्नुहोस् त्यसपछि विण्डोज रिइन्स्टल गर्न विभिन्न अप्सनहरु आउँछन् । त्यहाँ तपाईंले इन्स्टल प्रक्रिया सुरु गर्नुअघि विभिन्न अप्सनहरु सेलेक्ट गर्न सक्नुहुन्छ । 

४. विण्डोज टेन मा मुभ गर्नुहोस् 

यदि तपाईं विण्डोको पुरानो भर्सन प्रयोग गरिरहनु भएको छ भने विण्डोज टेनमा अपग्रेड गर्न बारे सोच बनाउनुहोस् । यसले तपाईंको ल्यापटपलाई सुपरचार्ज त गर्दैन तर यदि तपाईंको ल्यापटपलाई

यसले ह्याण्डल गर्न सक्छ भने तपाईंको पुरानो भर्सनमा भएको एपलाई केही नयाँ, ताजा र राम्रा एपले विस्थापन गरिदिन्छ ।

विण्डोज सेभेन र ८.१ बाट टेनमा नि:शुल्क अपग्रेड गर्न सकिन्छ । अपग्रेड गर्नलाई यस्तो छ तरिका । 

५. स्टार्टअप प्रोग्राम र ब्याकग्राउण्ड एपलाई छाँटकाँट गर्नुहोस् 

यदि हार्डवेयर निकाल्ने वा विण्डोज रिइन्स्टल गर्ने अप्सनले काम गरेन भने ल्यापटपलाई फास्ट गर्न गर्न स्टार्टअप प्रोग्राम वा ब्याकग्राउण्ड एपलाई काँटछाँट गर्नुहोस् ।

यदि तपाईं विण्डोज टेन प्रयोग गर्दै हुनुहुन्छ भने टास्क म्यानेजरमा गएर स्टार्टअप सेलेक्ट गर्नुहोस् । त्यहाँबाट तपाईंले आफ्नो कम्प्युटर लगईन गर्दा के स्टार्ट हुन्छ ती कुराहरु देख्नसक्नुहुन्छ ।

त्यहाँ के कुरालाई निस्क्रिय राख्ने ताकि तपाईंले कमाण्ड गरेको बेला त्यो हट्न सकोस् भनेर चयन गर्नसक्नुहुन्छ । अझ राम्रो परिणामको लागि सूचीलाई सर्ट गर्न प्रयास गर्नुहोस् । यसबाट तपाईंले कुन एपहरु धेरै ठूला घातक हुन् भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । 

ब्याकग्राउण्डमा रन हुन अनुमति पाएका एपहरु ब्याट्री युसेज स्क्रीनमा देखापर्छन् । ती एपहरुले तपाईंको पुरानो ल्यापटपको ब्याट्री खाएको छैन भने पनि तपाईंले त्यसलाई डिसेबल गर्नसक्नुहुन्छ ।

यसका लागि स्टार्ट मेनु खोलेर सेटिङ सेलेक्ट गरी प्राइभेसी आइकनमा ट्याप गर्नुहोस् । विकल्पमा अप्सन पाउन तपाईंले ब्याकग्राउण्ड एप पनि सर्च गर्नसक्नुहुन्छ । 

६. राम्रोसँग सफाई गर्नुहोस् 

ल्यापटपलाई ताजा र नयाँ बनाउने अर्को तरिका भनेको यसको सफाई नै हो । आफ्नो ल्यापटपका प्वाल तथा पोर्टहरु सफाई गर्नुहोस् ।

लामो समयदेखि थुप्रिएको फोहोरको पनि सफाई गर्नुहोस् । यसरी सरसफाई गर्दा प्रोसेसर र ग्राफिक्स कार्डले एकदमै राम्रोसँग काम गर्नेछ ।

ल्यापटपभित्र राम्रोसँग हावाको आवागमन हुन सक्यो भने यसले राम्रोसँग काम गर्छ । स्क्रीन क्लिनर पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसलाई माइक्रो फाइबरको कपडाले मात्र पुछ्ने गर्नुहोस् ।

ल्यापटप तात्दा के गर्ने ?

 अहिलेको समयमा अध्ययनदेखि कार्यालयको कामका लागि ल्यापटपको निकै प्रयोग भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण थुप्रै मानिसहरुले घरबाटै अफिसको काम गरिरहेका छन् ।

यस्तोमा ल्यापटप धेरै जसो समय अन भएर बस्छ र तात्ने समस्या देखिन थाल्छ । लामो समय काम गर्दा त झन् अत्याउने गरेरै ल्यापटप गरम भइरहेको हुन्छ ।

त्यसो त कुनै पनि इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्दा अलिकति त तात्नु स्वभाविक नै हो । तर निकै तात्ने अवस्थामा भने यो निकै खतरनाक सावित पनि हुनसक्छ ।

त्यसैले ल्यापटपमा काम गर्दाको समयमा ओभर हिट हुन नदिन आज हामी तपाईंलाई केही टिप्स दिँदै छौं । जसले तपाईंलाई ल्यापटप धेरै तात्ने समस्याबाट पक्कै पनि मुक्ति पाउन सघाउने छ ।

१. ल्यापटपलाई सफा राख्नुहोस्

लामो समय काम गर्दा ल्यापटप धेरै तात्न नपाओस् । यसका लागि हरेक दुई तीन दिनमा सफा र नरम कपडाले राम्रोसँग सफा गर्नुहोस् ।

यसको साटो ल्यापटप क्लिनर ब्रसबाट समेत ल्यापटपको फोहोर हटाउन सक्नुहुन्छ । यस बाहेक ल्यापटपको स्मुथ फंसनिङका लागि त्यसमा रहेका अनावश्यक तथा अतिरीक्त एप्लिकेसन अनइन्स्टल गरिदिनुहोस् ।

ल्यापटपको मेमोरी फुल हुँदा ल्यापटप तात्ने मात्र होइन प्रोसेसरमा भार पर्न गई स्लो हुने समस्या समेत पैदा हुने गर्दछ ।

२. ल्यापटपको ब्याट्री

कतिपय समय ल्यापटपको ब्याट्रीका कारणले पनि ल्यापटप तातिरहेको हुन्छ । यदि ल्यापटपको ब्याट्रीले राम्रोसँग काम गरिरहेको छैन भने चार्जमा लामो समयसम्म राख्ने गरिन्छ अथवा भनौं हरपल ल्यापटप चार्जमा लगाएरै चलाउनुपर्ने हुन्छ ।

लामो समय चार्ज गर्दा ब्याट्री तात्न पुग्छ र त्यसले ल्यापटपमा ओभर हिट उत्पन्न गराउँछ । यस्तोमा ल्यापटपको ब्याट्री खराब भएको छ भने त्यसलाई परिवर्तन गर्न कञ्जुस्याई नगर्नुहोस् ।

३. ल्यापटप सही स्थानमा राख्नुहोस्

अफिसमा हुनुहुन्छ भने त ल्यापटप सधैं डेक्स वा कम्प्युटर टेबलमै रहने गर्दछ । तर आजकल मानिसहरु घरबाट काम गरिरहेका छन् ।

यस्तोमा हामी कतिपय समय त्यसलाई काखमा राखेर चलाइरहेका हुन्छौं । तर यसरी ल्यापटप प्रयोग गर्नु गलत तरिका हो ।

प्रायजसो ल्यापटपले कुलिङका लागि तलपट्टीबाट हावा लिने गर्दछन् । काखमा राखेर लामो समयसम्म ल्यापटप प्रयोग गर्दा कुलिङ फ्यानमा राम्रोसँग हावा ओहोर दोहोर गर्न पाउँदैन ।

त्यसैले लामो समयसम्म काम गर्नुछ भने ल्यापटपलाई सही स्थानमा राख्नुहोस् ता कि त्यसको एयर भेन्टिलेसन सही रहन सकोस् र सीपीयूको फ्यानलाई आवश्यकमात्रामा हावा प्राप्त हुन सकोस् ।

४. कुलिङ फ्यानलाई सफा राख्नुहोस्

ल्यापटपमा कुलिङ फ्यान हुने गर्दछ । ल्यापटप प्रयोग गरिरहँदा यो फ्यान राम्रोसँग चल्न आवश्यक छ ।

तर कुलिङ फ्यान प्रयोग गर्दै जाँदा धूलो माटोबाट फोहोर हुन थाल्दछ र राम्रोसँग चल्न सकिरहेको हुँदैन । जसले गर्दा त्यसले ल्यापटपमा आवश्यक मात्रामा कुलिङको काम गर्न सकिरहेको हुँदैन ।

त्यसैले ल्यापटपमा ओभर हिट पैदा हुन नदिन कुलिङ फ्यानलाई समय समयमा सफा गर्नुहोस् । यदि कुलिङ फ्यानले राम्रोसँग काम गरिरहेको छैन भने त्यसलाई मर्मत सम्भार गर्नुहोस् ।

५. ल्यापटप शट डाउन गर्न नबिर्सिनुहोस्

यदि दिन रात ल्यापटपलाई अन राख्नुहुन्छ भने ल्यापटप धेरै नै तात्ने गर्दछ । दिउँसोको समयमा काम गरिसकेपछि ल्यापटपलाई आराम दिन नबिर्सिनुहोस् ।

यदि केही लामो ब्रेक लिइरहनु भएको छ भने त्यसलाई स्लिप मोडमा राखिदिनुहोस् । सुत्ने समयमा ल्यापटपलाई शट डाउन गर्ने बानी बसाल्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०