close

सिस्कोसँगको सहकार्यमा इजिप्टमा स्मार्टफोन उत्पादन गर्दै इन्फिनिक्स

टेकपाना टेकपाना

मंसिर १९, २०७७ ८:१४

सिस्कोसँगको सहकार्यमा इजिप्टमा स्मार्टफोन उत्पादन गर्दै इन्फिनिक्स

काठमाडौं । हङकङको स्मार्टफोन कम्पनी इन्फिनिक्सले इजिप्टमा स्मार्टफोन बनाउन सुरु गरेको छ । बिहीबारमात्रै कम्पनीले इजिप्टमा आफ्नो पहिलो स्मार्टफोन बनाएको घोषणा गरेको छ ।

योसँगै इजिप्टमा मोबाइल उत्पादन गर्ने इन्फिनिक्स पहिलो ग्लोबल स्मार्टफोन भएको छ भने मोबाइल फ्याक्ट्री बनाउने दोस्रो कम्पनी भएको छ । यसअघि इजिप्टमा त्यहीँको कम्पनी सिस्कोले स्मार्टफोन उत्पादन गर्दै आएको छ ।

यसका लागि इन्फिनिक्सले सिस्कोसँग व्यवसायिक सहकार्य गरेको उल्लेख गरिएको छ । उक्त फ्याक्ट्रीमा इन्जिनियर, टेक्निसियन तथा कामदार गरेर तीन सय कर्मचारी नियुक्त गरिएको छ ।

उक्त फ्याक्ट्रीको क्षमता दैनिक ६ हजार फोरजी स्मार्टफोन गर्न सक्ने रहको छ । कम्पनीका अनुसार इलेक्ट्रोनिक्स उद्योगमा इजिप्ट सरकारले नीतिगत सहजताले गर्दा यो सम्भव भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०