close

इन्टरनेटमा गाउँभन्दा सहरका महिला दोब्बर , तर २१ प्रतिशतसँग मोबाइल नै छैन

टेकपाना टेकपाना

मंसिर २३, २०७७ २०:३३

इन्टरनेटमा गाउँभन्दा सहरका महिला दोब्बर , तर २१ प्रतिशतसँग मोबाइल नै छैन

काठमाडौं । इन्टरनेट प्रयोग गर्ने महिलामा सहर र गाउँबीच ठूलो अन्तर देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको नेपालको बहु सूचक सर्वेक्षण आर्थिक वर्ष २०७५/२०७६ अनुसार गाउँभन्दा सहरका दोब्बर महिला इन्टरनेटमा देखिएका हुन् ।

१५ वर्षदेखी ४९ वर्षसम्मका कुल १४ हजार ८ सय पाँच जना महिलामा भएको उक्त सर्वेक्षणमा १० हजार २ सय ८१ जना सहरी महिला र ४ हजार ५ सय २४ ग्रामीण महिला सहभागी रहेका थिए । जसअनुसार कुल सहरी महिला मध्ये ४२.५ प्रतिशतले तीन महिनामा हप्तामा एक पटक इन्टरनेट प्रयोग गर्ने गरेको बताएका ‍हुन् ।

तर, सँगसँगै गाउँमा भने तीन महिनामा एक पटक इन्टरनेट प्रयोग गर्ने महिलाको संख्या जम्मा १८.७ प्रतिशत रहेको छ । त्यस्तै तीन महिनामा एक पटक इन्टरनेट प्रयोग गर्नेको संख्या ४१ प्रतिशत रहेको छ ।

सहर र गाउँमा यस्ता महिलाको हिस्सा ४८.५ र २३.८ प्रतिशत रहेको छ । वर्षमा एक पटक प्रयोग गर्नेको संख्या पनि सहरमाभन्दा गाउँमा निकै थोरै रहेको तथ्याङ्कमा उल्लेख छ ।

सहभागी मध्ये ५० प्रतिशत महिलाले आफूले वर्षमा एक पटक इन्टरनेट चलाउने गरेको बताएका छन् । सर्वेक्षणमा सहभागी कुल १४ हजार ८ सय पाँच जना महिला मध्ये ८३.१ प्रतिशतले पछिल्लो तीन महिनामा हप्तामा एक पटक मोबाइल प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै तिन महिनामा एक पटक मोबाइल फोन प्रयोग गर्नेको संख्या ९२.४ प्रतिशत छ । ७९.३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ । यसको अर्थ २०.७ प्रतिशत महिलासँग आफ्नो मोबाइल छैन ।

१४ वर्षदेखी ४९ वर्ष उमेर समूहका पूरुष मध्ये ९१ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल रहेको छ । गत तीन महिनामा ९६.८ प्रतिशत पुरुषले मोबाइल प्रयोग गरेका छन् ।

त्यस्तै कुल १४ हजार ८ सय पाँच जना महिला मध्ये वर्षमा एक पटक कम्प्युटर प्रयोग गर्ने महिलाको संख्या १६ प्रतिशत रहेको छ । तिन महिनामा एक पटक कम्प्युटर प्रयोग गर्ने महिलाको संख्या ७.२ प्रतिशत र पछिल्लो तीन महिनामा हप्तामा एक पटक प्रयोग गर्नेको संख्या ५.३ प्रतिशत रहेको छ ।

यस्तो छ अन्य तथ्याङ्क

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०