close

विशेष छूट र आकर्षक उपहारसहित ‘लास्ट थस्डे सेल’ आयोजना गर्दै बरदान

टेकपाना टेकपाना

मंसिर २४, २०७७ १२:१४

विशेष छूट र आकर्षक उपहारसहित ‘लास्ट थस्डे सेल’ आयोजना गर्दै बरदान

काठमाडौं । पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थस्डे सेल’ सुरु गर्ने भएको छ । कम्पनीले हरेक महिनाको अन्तिम बिहीबार (बुधबार राति १२ बजे देखि) लास्ट थस्डे सेल सुरु गर्ने भएको हो ।

उक्त सेल अन्तर्गत बरदानले भौचरहरु, छुट सेल, लाइभ क्विज र सामानहरुमा आकर्षक छुट लगायत अन्य धेरै अफरहरु हुने बताइएको छ । साथै महिनाभर शपिङ गर्ने पाँच जना ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर अन्तर्गत परडिसो रेष्टोबाट फुड कुपन पाउनेछन् ।

त्यस्तै थप जनाले ब्यन्जन रेष्टोबाट फुड कुपन, एक जनाले अल्ट्रा फ्लाइट, बगैचामा ५ जनालाई सौना\स्टिम र दुई जनाले स्पेसल गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । चाड पर्वहरु सकिए पनि उत्सव अझै सकिएको छैन भन्ने सन्देश दिनका लागि यी अफर ल्याइएको बरदानका कार्यकारी प्रमुख सन्जीव पौडेलले जानकारी दिए । 

‘हरेक महिना हुने छ उत्सव’ नाराका साथ आयोजना हुने उक्त थस्डे सेलले ग्राहकमा खुशी ल्याउने विश्वास उनको छ । उक्त सेल २४ घण्टाका लागि मात्र आयोजना हुनेछ ।

उपभोक्ताले बरदानको आधिकारिक वेबसाइटबाट आफूले चाहेको सामान अर्डर गर्न सक्छन् । साथै ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिनेछ । ग्राहकको थप सहजताका लागि वरदानले मोबाइल एप समेत छिट्टै सार्वजनिक गर्ने योजना रहेको कम्पनीका निर्देशक वैभव पौडेलले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०