close

इन्नो टक सिरिज आयोजना गर्दै नास्ट

टेकपाना टेकपाना

मंसिर २४, २०७७ २१:१४

इन्नो टक सिरिज आयोजना गर्दै नास्ट

काठमाडौं । नेसनल इनोभेसन डिजिटल नेटवर्क (एनआईडीएन) को आयोजनामा ‘इन्नो टक’ टक सिरिज आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हालै सार्वजनिक गरेको एनआईडीएनले भोलि बिहीबार भर्चुअल रुपमा यस्तो कार्यक्रम आयोजना गर्ने भएको हो ।

इन्नो टकमार्फत धेरैभन्दा धेरै व्यक्तिहरुलाई विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा आकर्षित गर्न खोजिएको एनआईडीएनले जनाएको छ । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।

सिरिजको पहिलो कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी अन्तर्गत रहेको यूएसएआईडीको इनोभेसन, टेक्नोलोजी एन्ड रिसर्च हबकी डा रेभी स्टर्लिङ, राष्ट्रिय आविष्कार केन्द्रका निर्देशक महाबीर पुन र नास्टका फ्याकेल्टी प्रमुख डा रविन्द्र ढकालको सहभागीता रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०