close

तयार भयो इन्टरनेट प्रदायकबाट प्रयोगकर्ताको डेटा जोगाउने नयाँ डीएनएस प्रोटोकल

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १७:५२

तयार भयो इन्टरनेट प्रदायकबाट प्रयोगकर्ताको डेटा जोगाउने नयाँ डीएनएस प्रोटोकल

काठमाडौं । क्लाउडफेयरले एप्पलसँग मिलेर एउटा नयाँ डीएनएस (डोमेन नेम सिस्टम) स्ट्याण्डर्ड प्रस्ताव गरेको छ । प्रयोगकर्ताको इन्टरनेट प्राइभेसी (इन्टरनेट गोपनीयता) को ब्लाइन्ड स्पोटलाई बन्द गर्न यो स्ट्याण्डर्डले मद्दत गर्दछ । 

प्रोटोकललाई अब्लिभियस डीएनएस ओभर एचटीटीपीएस (ओडीओएच) पनि भनिन्छ । यसले प्रयोगकर्ताले पठाएको जानकारीहरुलाई गोप्य राख्न मद्दत गर्दछ । 

यस किसिमको प्रोटोकलले प्रयोगकर्ताको समग्र इन्टरनेट गोपनीयतालाई सुरक्षित राख्न सघाउने बताइएको छ । डीएनएसको मद्दतले हामी कुनै पनि वेबसाइट भिजिट गर्दा त्यसको आईपी एड्रेस याद गर्नु पर्दैन । 

कुनै पनि वेबसाइट भिजिट गर्दा उदाहरणको लागि तपाईंले ‘टेकपाना डट कम’, ‘अनलाइन खबर डट कम’ बुझ्छन् भने कम्प्युटरले सम्बन्धित वेबसाइटको आईपी एड्रेस जस्तै  २०७.२४१.२२४.२ मात्र बुझ्छ । यसरी कम्प्युटरले प्रयोगकर्ताको रिक्वेस्टलाई इन्टरनेटमा राउट गरेर परिणाम ब्राउजरमा ल्याइदिन्छ । 

डीएनएसले यसैमा काम गर्दछ । जब तपाईंले कुनै पनि वेबसाइटको नाम टाइप गर्नुहुन्छ, तब तपाईंको कम्प्युटरले डीएनएस सर्भर (जसलाई तपाईंकै आईएसपीले सञ्चालन गर्दछ) ले टेकपाना डट कमलाई त्यसको आईपीमा अनुवाद गर्न आग्रह गर्दछ ।

तब डीएनएस सर्भरले त्यो अनुवाद गरिदिन्छ अनि कम्प्युटरमा साइट लोड हुन्छ । यदि तपाईं आफ्नो गोपनीयताबारे संवेदनशील हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् कि डीएनएस सर्भर सञ्चालन गर्ने निकायसँग तपाईंले कुन वेबसाइट भिजिट गर्नुभयो भन्ने जानकारी हुन्छ ।

यसको अर्थ तपाईंको इन्टरनेट सेवाप्रदायक कम्पनीसँग त्यसको जानकारी हुन्छ । यसले गर्दा ती डेटा विज्ञापनका लागि बिक्री हुने निश्चित हुन्छ ।

यही समस्यालाई रोक्न क्लाउडफेयर र एप्पलले ओडीओएचबाट यसको समाधान गर्न चाहेक हुन् ।यो प्रोटोकलले तपाईं र डीएनएस सर्भरबीच प्रोक्सी सर्भर ल्याएर राखिदिन्छ । प्रोक्सीले बीचमा भूमिका निर्वाह गर्दछ । 

जसले तपाईंको रिक्वेस्टलाई डीएनएस सर्भरमा पठाइदिन्छ र पछि परिणाम पनि तपाईंको कम्प्युटसम्म ल्याइदिन्छ । यसरी यो प्रोटोकलले रिक्वेस्ट कहाँ र कोबाट आएको थियो भन्ने कुरामा आईएसपीलाई झुक्याइदिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०