close

अब महालक्ष्मी बैंकमार्फत अनलाइनबाटै तलब र राजस्व भुक्तानी

टेकपाना टेकपाना

मंसिर २७, २०७७ ८:६

अब महालक्ष्मी बैंकमार्फत अनलाइनबाटै तलब र राजस्व भुक्तानी

काठमाडौं । अब महालक्ष्मी विकास बैंकका संस्थागत ग्राहकहरुले अनलाइनबाटै तलब तथा राजस्वको भुक्तानि गर्न सक्ने भएका छन् । बैंकले खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको हो ।

यसका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग बीहीबार सम्झौता गरिसकेको छ । बैंकको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले बैंकमा नगएरै स्वयम्‌ले रकमान्तर गर्न, तलब भुक्तानी गर्न, भेण्डर पेमेन्ट तथा सरकारी राजस्व भुक्तानी लगाइका अन्य व्यवसायिक भुक्तानी गर्न सक्नेछन् ।

एनसीएचएलको यो कर्पोर्ट पे सिस्टममा माछापुच्छ्रे बैंक, नेपाल बंग्लादेश बैंक, सानिमा बैंक र मेगा बैंक समेत आवद्ध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४